News Portal

पुर्वमाओबादीका कार्यकर्ताले गरे तरुणदल अध्यक्षको हत्या

हिमाली संचार संवाददाता
७५७ पटक

रोल्पा – प्रतिनिधि सभा र स्थानीय निर्वाचनका बेला कांग्रेस र तत्कालीन माओवादी केन्द्रबीच भएको झडपको विषयलाई लिएर रोल्पामा ‘नेकपा’का कार्यकर्ताहरूले सत्ताको दुरुपयोग गर्दै नेपाल तरुण दलका लिवाङका नगर समिति अध्यक्ष रोहित पुनको गोली हानेर हत्या भएको रहस्य बाहिरिएको छ ।

रोल्पा जिल्लामा माओवादीसँग भिडेर कांग्रेसको पक्षमा माहोल बनाउँदै आएका रोहित पुनविरुद्ध माओवादीहरूलाई चित्त बुझेको थिएन । सोही कारण सत्ताको दुरुपयोग गरेर रोहित पुनलाई पूर्वमाओवादीको योजनामा आइतबार गोली हानेर हत्या भएको छ ।

रोल्पा कांग्रेसका सभापति अमरसिंह पुनले निर्वाचनका बेला माओवादीका र कांग्रेसका कार्यकर्ताबीच भएको झगडालाई लिएर माओवादीका कार्यकर्ताले सत्ताको दुरुपयोग गरेर आइतबार गोली प्रहार गरी तरुण अध्यक्ष रोहित पुनको हत्या गरेको बताए ।

‘प्रतिनिधि सभा निर्वाचनका बेला माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । त्यस बेला कांग्रेसका कार्यकर्ताले माओवादीका कार्यकर्ताको ज्यादति विरुद्ध प्रहरीमा मुद्धा दिएका थिए’, रोल्पा कांग्रेसका सभापति पुनले भने, ‘त्यस बेलाको बदला माओवादीका कार्यकर्ताहरूले गोली हानेर हत्या गरी लिएका छन् ।’

रोहित पुनलाई गोली हान्नेहरूमा पूर्वमाओवादीका कार्यकर्ता देवबहादुर घर्ती मगरको समूह रहेको छ । ‘प्रहरी कार्यालय नजिकै गोली प्रहार हुँदा पनि प्रहरीले बेवास्ता गरेको छ’, सभापति पुनले भने, ‘प्रहरीले चाहेको भए उतिखेरै गोली हान्ने समूहलाई पक्राउ गर्न सक्थ्यो । तर, गरेन ।’

प्रहरीले रोहित पुनको गोली हानी हत्याको घटनामा दुईजनालाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

यो पनि पढनुहोस।

जनसम्पर्क समिति कुवेतद्वारा तरूणदल रोल्पाका अध्यक्ष पुनको हत्याको बिरोध !

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...