News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • काँग्रेसमा क्रियाशिल सदस्यताको चटारो, यसरी पाउन सकिन्छ नयाँ सदस्यता

    हिमाली संचार संवाददाता
    ४६९ पटक

    २०७७ साउन १९, सोमबार
    काठमाडौँ – नेपाली काँग्रेसले आगामी १४औँ महाधिवेशन प्रारम्भिक तयारीलाई अगाडि बढाउने क्रममा क्रियाशील सदस्यताको चटारो सुरु गरेको छ।

    वडा तहमा क्रियाशील सदस्यता वितरण अभियानलाई अगाडि बढाएसँगै यो चटारो सुरु भएको हो। यस अधिवेशनको क्रममा थप साढे २ लाख नयाँ क्रियाशील सदस्य बनाउने काँग्रेसको योजना छ।

    पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले समायोजन सकिएका जिल्लामा पार्टीको क्रियाशील सदस्यताको फाराम वितरण गर्ने कार्य वडा तहमा धमाधम भइरहेको जानकारी दिनुभयो।

    कोरोना भाइरसको उच्च जोखिम रहेका स्थानमा सदस्यता फाराम वितरणमा समस्या भएपनि अन्य स्थानमा क्रियाशिल सदस्यता वितरणको कार्य तीव्र गतिमा भइरहेको जानकारी दिँदै उहाँले भन्नुुभयो, जहाँ समस्या छ, त्यहाँ अवस्था सहज भएपछि वितरण हुन्छ।

    नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुुसार १३औँ महाधिवेशनमा कायम ४ लाख ७० हजार र विदेशस्थित जनसम्पर्क समितिबाट २० हजार क्रियाशील सदस्य छन्।

    त्यसैगरी काँग्रेसमा प्रवेश गरेपछि नेता विजयकुमार गच्छदारको पार्टीका २५ हजारलाई क्रियाशील सदस्यता दिने सहमति पार्टीमा भइसकेको छ। यसरी हाल कायम रहेको क्रियाशील सदस्यको सङ्ख्या करिब ५ लाख १५ हजार हुन्छ।

    काँग्रेसले २०७६ फागुन १३ मा जिल्ला सभापतिहरूलाई पठाएको क्रियाशिल सदस्यता वितरण र नवीकरणसम्बन्धी परिपत्रमा १३औँ महाधिवेशनमा कायम कुल क्रियाशील सदस्यको ५० प्रतिशतसम्म थप्न सकिने उल्लेख छ।

    यसरी ५० प्रतिशत थप्ने हो भने काँग्रेसका नयाँ क्रियाशील सदस्य करिब २ लाख ५७ हजार थपिने छन्।

    त्यसैगरी हालै मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरेका सुनीलबहादुर थापालगायतका नेता तथा कार्यकर्ताको पनि उचित सम्मान हुने जानकारी मुख्यसचिव पौडेलले दिनुभयो।

    थापालाई काँग्रेसले सहमहामन्त्री पद दिएको छ। थापा जिल्ला जिल्लामा गएर पार्टी प्रवेश गराउने अभियानमा लाग्नु भएकाले क्रियाशील सदस्यको सङ्ख्या अझ बढ्ने छ।

    स्थानीय तहमा हाल कायम ६ हजार ७ सय ४३ वडामा क्रियाशिल सदस्यता वितरण गर्नुपर्ने हुन्छ। गाउँपालिकाका वडामा कम्तीमा ४२ जना क्रियाशील सदस्य बनाउनुपर्ने प्रावधान छ।

    त्यस्तै नगरको वडामा ४७, महानगरको वडामा ६० सदस्य कम्तीमा हुनुपर्ने छ। त्यो सङ्ख्या पुगेको छैन भने त्यहाँ ५० प्रतिशत थपको नियम लागू हुने छैन।

    नयाँ सदस्यता पाउने तरिका !

    क्रियाशिल सदस्यता नवीकरण गर्न सजिलो भएपनि नयाँ क्रियाशिल सदस्यता प्राप्त गर्न त्यति सजिलो छैन।

    क्रियाशिल सदस्यता प्रदान गर्ने कार्यविधिमा वडा कार्यसमितिले क्रियाशील सदस्यताको सिफारिस गरी गाउँपालिका/नगरपालिका कार्यसमितिमा पठाउनुपर्नेछ।

    वडा कार्यसमितिको बैठक गरी सोही बैठकमा वडाभित्रका क्रियाशील सदस्यसमेत आमन्त्रण गरी क्रियाशील सदस्यता दिनुपर्ने छ।

    त्यसरी सदस्यता दिएका व्यक्तिको नाम कार्यसमितिको बैठकबाट निर्णय गरी राय साथ गाउँपालिका/नगरपालिका कार्यसमितिमा पठाउनुपर्ने छ।

    त्यसैगरी वडा कार्यसमितिले योग्यता पुगेका क्रियाशिल सदस्यको नाम सिफारिस नगरेमा गाउँपालिका/नगरपालिका कार्यसमितिले आफू मातहतका वडा कार्यसमितिसँग क्रियाशिल सदस्यता प्राप्त भएको दुई हप्ताभित्र बैठक गरी सिफारिस गर्नुपर्छ।

    त्यसरी सिफारिस भई आएका व्यक्ति योग्य ठहर भएमा मात्रै कार्यसमितिलाई क्रियाशिल सदस्यताको फाराम उपलब्ध गराइने छ।

    गाउँपालिका/नगरपालिका कार्यसमितिले बैठक गरी क्रियाशील सदस्यताका लागि प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिलाई विवरणको जानकारी गराई दुई हप्ताभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गर्नेछ।

    प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले सिफारिस प्राप्त भएको बढीमा एक महिनाभित्र प्राप्त सिफारिसमा योग्यता पुगेका व्यक्तिलाई कार्यसमितिको बैठकबाट निर्णय गरी क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय गर्नेछ।

    यही साउन मसान्तसम्म क्रियाशिल सदस्यता नवीकरण गर्ने र नयाँ क्रियाशिल सदस्य बनाउने कार्य सक्नुपर्ने परिपत्र काँग्रेस केन्द्रीय कार्यालयले गरेको छ।

    प्रतिकृया दिनुहोस्

    मंसिर १४ गते शुक्रबारको तपाईको आजको राशिफल

    आज मिति २०८१ साल मंसिर १४ गते शुक्रबार || सन् २०२४ नोभेम्बर २९ तारिख नेपाल...

    कुवेतबाट नेपाल पैसा पठाउँन लागि सजिलो र भरपर्दो बैंक ‘अमन एक्सचेन्ज’

    कुवेतको अमन एक्सचेन्जबाट नेपालको आईएमई पे वालेट खातामा र आईएमई बैंककाे काउण्टर तथा जुनसुकै बैंक...

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...