News Portal

ट्याम्पो चालकहरुद्वारा धरानका मेयरको ध्यानाकर्षण, धरान बाहिर जान आउन पाउनु पर्ने माग

हिमाली संचार संवाददाता
४६० पटक
२०७७ साउन १८, आइतबार

दिलीप राई, धरान । धरान उपमहानगरपालिकाले धरानमा गरेको निर्णयको विरुद्धमा आज धरानका ट्याम्पो चालकहरू धरान उपमहानगरपालिकामा भेला भएर मेयरको ध्यानाकर्षण गरेका छन् ।

ट्याम्पो व्यावसायीहरुले आफूहरूलाई धरान उपमहानगरपालिकाले धरान बाहिर जान र बाहिरबाट आउन नदिने निर्णय गरेकोले आफूहरूलाई समस्या भएको भन्दै उपमहानगर अगाडी ट्याम्पो लिएर गएका थिए । धरान बाहिर जान नदिने र सीमित मात्रै यात्रु बोक्न भनिएको तर यात्रुवाहक बसहरू पूर्वका विभिन्न जिल्लाका शहरहरु सम्म पुग्ने र आउने गरेको भन्दै यात्रुवाहक बस जस्तै सेवा दिन पाउनुपर्ने माग गरेका थिए ।

ट्याम्पो व्यावसायीहरुसंगको छलफलमा यात्रुवाहक बस र ट्याम्पोमा कुनै विभेद गरिएको छैन । धरानमा कोरोनाको न्यूनीकरणका लागि यस्तो निर्णय गर्न बाध्य हुनु परेको भनेर मेयर तिलक राईले सम्झाएका थिए । यो विषम परिस्थितिमा उपमहानगरपालिकाले गरेको निर्णयमा सहयोग गर्न ट्याम्पो व्यवसायीहरु संग आग्रह गरेको मेयर राईले बताए ।

धरान उपमहानगरपालिकाको सर्वदलीय बैठकले यात्रुवाहक बसहरूले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गर्नुपर्ने र तीन पाङ्ग्रे सवारीहरू ट्याम्पो र सिटी सफारीले धरान उपमहानगर क्षेत्र देखि बाहिर जान नपाउने र बाहिरबाट पनि आउन नपाउने निर्णय गरेको थियो ।

उक्त निर्णयको विरोध गर्दै धरान उपमहानगरपालिकामा ट्याम्पो सहित आइपुगेका ट्याम्पो व्यावसायीहरुले पनि मेयर र धरान उपमहानगरको निर्णयमा सहमत जनाएका थिए । धरानमा कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेकाले अवस्था हेरेर पुन निर्णय गर्ने  सहमति भएको छ ।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...