News Portal

लेखराज भट्टको मन्त्रालयमा लेखा न देखा

हिमाली संचार संवाददाता
३५६ पटक

२०७७ साउन १७, शनिबार
काठमाडौं – कहिले कालो बोका, कहिले काला कांग्रेस। यस्तो कालाको चक्करमा लाग्ने मन्त्री हुन्,लेखराज भट्ट। डोटी, डडेल्धुराको मन्दिरमा ४ वटा कालो बोका चढाएर भौतिकवादी दर्शनको आफैँले खिल्ली उडाउने उनै उद्योगमन्त्री लेखराज भट्टले फेरि काला कांग्रेस च्यापेर उद्योग विभाग हाँक्ने जिम्मा दिएका छन्।

जीवनप्रकाश सिटौला दुई साताअघि  पुनःनिर्माण प्राधिकरणमा तानिएपछि उद्योग विभाग हाकिमबिहीन थियो। त्यही ठाउँमा जीवलाल भुषाल पठाइए।

भुषाल उपसचिव हुँदादेखि नै उद्योगमा बसेका कर्मचारी हुन्। केही अघिमात्र सहसचिवमा उक्लिएका उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा थिए।

उद्योग विभागमा सबैभन्दा सिनियर सहसचिव पठाउने चलनको क्रम भंग गर्दै क्रान्तिकारी मन्त्री भट्टले जुनियर कर्मचारीलाई विभाग हाँक्ने जिम्मेवारी दिएसँगै उद्योगका कर्मचारीहरु मन्त्रीसँग फायर छन्।

त्यसाथि आफू निकटस्थ कर्मचारीलाई रेटेर चारतारे कर्मचारीलाई छानीछानी जिम्मेवारी दिएको जो कथा छ। लेखराजले मन्त्रालयको औद्योगिक प्रवद्र्धन महाशाखाको कमाण्ड गर्दै आएका पुष्पराज शाहीको जिम्मेवारी खोसेर नारायणप्रसाद रेग्मीलाई लगे।

रेग्मी हालै कृषि मन्त्रालयबाट उद्योगमा छिरेका हुन्। सिनियर सहसचिवको रुपमा उद्योग विभागको महानिर्देशकका प्रवल दावेदार थिए, पुष्पराज शाही। पूर्वमाओवादी निकटकै कर्मचारी तर, उनलाई त्यहाँ नलगी भर्खरै सहसचिवमा उक्लिएका भुषाललाई विभागको जिम्मेवारी दिइयो।

वनमन्त्री शक्ति बस्नेतले समेत शाहीलाई विभागको महानिर्देशकमा नियुक्त गर्न आग्रह गर्दै आएका थिए तर, लेखराजले पैसा पेल्न सक्ने भुषाललाई उद्योगको हाकिम बनाए।

भट्टले शिव घिमिरेका लागि ग्यास उद्योगको लाइसेन्स दिने उदेश्यले नै पहिला आफैले लाइसेन्स हात पारेको र जम्मा १२ करोड लगानी गरेर पछि १८ करोडमा सैपाल ग्यास उद्योग बेचेको चर्चा ग्यास उद्योगीहरुबीच चर्चामा छ।

यता, बुधबार मन्त्री भट्ट कर्मचारीहरुबाटै घेराबन्दीमा परे। उनले करारमा कार्यरत सबै कम्प्युटर अपरेटरलाई जागिरबाट निकालेपछि पीडित कर्मचारीहरुको घेराबन्दीमा परेका हुन्।

उनलाई हिजो १४/१५ जनाको संख्यामा रहेका करारका कम्प्युटर अपरेटरहरुले कार्यकक्षमै घेरेका थिए। पछि मन्त्रीका निजी सचिव, सुरक्षाकर्मीहरुको सहयोगमा घेर्न पुगेका कर्मचारी बाहिर निकालियो। जनआस्था साप्ताहिकबाट।

प्रतिकृया दिनुहोस्

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...