आज : २०२६-०९-२७, आइतबार

कर्णालीको पर्यटकिय क्षेत्र काँक्रेविहारमा बृक्षारोपण

२०७७ साउन १७, शनिबार
वीरेन्द्रनगर – काँक्रेविहार संरक्षण समुहले कर्णालीको पर्यटकिय क्षेत्र काँक्रेविहार क्षेत्रमा विभिन्न जातका बृक्षारोपण गरेको छ।

संरक्षण समुहको अगुवाईमा भएको वृक्षारोपण कार्यक्रममा वीरेन्द्रनगर वडा नम्बर ९ का वडाध्यक्ष शुरेश मान्नधरले स्थानिय रानीको विरुवा भन्ने ठाँको खाली जमिनमा विरुवा रोपेर कार्यक्रमको उद्धघाटन गर्नु भएको हो।

कार्यक्रममा काँक्रेविहार संरक्षण समितिका पदाधिकारीहरु चन्द्रा श्रेष्ठ, ज्ञानु पन्त, तारा रास्कोटी र मन्जु पन्तलगायतको सहभागिता रहेको थियो।

यो टोलीलाई सहयोग गर्न लाटिकोईलीका युवाहरुलगायत कालिमटि चौधरी समुदायको पनि उपस्थित रहेको थियो।

काँक्रेविहार क्षेत्रमा आज विभिन्न जातका पाँच सय भन्दा धेरै विरुवाहरु रोपिएको जनाईएको छ।

कार्यक्रममा वडाध्यक्ष मान्नधरले सुर्खेतमा क्रियाशिल अन्य संघ संस्थालाई पनि काँक्रेविहारमा वृक्षारोपन गर्न आग्रह गर्नुभयो।