News Portal

कर्णालीको पर्यटकिय क्षेत्र काँक्रेविहारमा बृक्षारोपण

हिमाली संचार संवाददाता
४४७ पटक

२०७७ साउन १७, शनिबार
वीरेन्द्रनगर – काँक्रेविहार संरक्षण समुहले कर्णालीको पर्यटकिय क्षेत्र काँक्रेविहार क्षेत्रमा विभिन्न जातका बृक्षारोपण गरेको छ।

संरक्षण समुहको अगुवाईमा भएको वृक्षारोपण कार्यक्रममा वीरेन्द्रनगर वडा नम्बर ९ का वडाध्यक्ष शुरेश मान्नधरले स्थानिय रानीको विरुवा भन्ने ठाँको खाली जमिनमा विरुवा रोपेर कार्यक्रमको उद्धघाटन गर्नु भएको हो।

कार्यक्रममा काँक्रेविहार संरक्षण समितिका पदाधिकारीहरु चन्द्रा श्रेष्ठ, ज्ञानु पन्त, तारा रास्कोटी र मन्जु पन्तलगायतको सहभागिता रहेको थियो।

यो टोलीलाई सहयोग गर्न लाटिकोईलीका युवाहरुलगायत कालिमटि चौधरी समुदायको पनि उपस्थित रहेको थियो।

काँक्रेविहार क्षेत्रमा आज विभिन्न जातका पाँच सय भन्दा धेरै विरुवाहरु रोपिएको जनाईएको छ।

कार्यक्रममा वडाध्यक्ष मान्नधरले सुर्खेतमा क्रियाशिल अन्य संघ संस्थालाई पनि काँक्रेविहारमा वृक्षारोपन गर्न आग्रह गर्नुभयो।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...