News Portal

सुनसरीको इनरुवा लकडाउन बिहान १० बजे देखि ४ बजे सम्म खुल्ने, तीन पाङ्ग्रे सवारीमा रोक

हिमाली संचार संवाददाता
३९५ पटक
२०७७ साउन १४, बुधवार

धरान । सुनसरी सदरमुकाम इनरुवामा जारी लकडाउन केही खुकुलो गरिएको भए पनि आइतबार सम्म नगरपालिका र वडा कार्यालयहरूबाट प्रवाह हुने अति आवश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द रहने भएको छ ।

आज बिहान इनरुवा नगरपालिकामा बसेको बैठकले अर्को सूचना जारी नभए सम्म इनरुवा बजारका पसल, होटल तथा अन्य सबै प्रकारका व्यवसायहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पुरा गरी बिहान १० बजे देखि दिउसो ४ बजे सम्म मात्र खोल्ने र शनिवारको दिन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले बताए ।

यस्तै, इनरुवा नगरपालिका वडा कार्यालयहरूबाट प्रवाह हुने अति आवश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरू आगामी आइतबार सम्म बन्द गर्ने निर्णय पनि भएको छ । इनरुवा नगरपालिका क्षेत्र भित्र लाग्ने साप्ताहिक हाट बजार बन्द गर्ने र इनरुवा नगरपालिका वडा नं. ४ मा रहेको रमजानकी गुठीमा लाग्ने दैनिक तरकारी बजारमा थोक होलसेल तरकारी मात्र विक्री वितरण गर्ने र खुद्रा तरकारी बिक्री वितरण को लागि बिहीबारे हाटमा व्यवस्थापन गर्ने निर्णय भएको छ ।

यसै गरी इनरुवा बाहिरका सिटी सफारी र अटो रिक्साहरू इनरुवा प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ । अर्को निर्णय नहुन्जेल सम्मलाई इनरुवामा तोकिएको समय बाहेकमा कडाइ गरिने बताइएको छ । 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...