News Portal

सुनसरीको इनरुवा लकडाउन बिहान १० बजे देखि ४ बजे सम्म खुल्ने, तीन पाङ्ग्रे सवारीमा रोक

हिमाली संचार संवाददाता
४२८ पटक
२०७७ साउन १४, बुधवार

धरान । सुनसरी सदरमुकाम इनरुवामा जारी लकडाउन केही खुकुलो गरिएको भए पनि आइतबार सम्म नगरपालिका र वडा कार्यालयहरूबाट प्रवाह हुने अति आवश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द रहने भएको छ ।

आज बिहान इनरुवा नगरपालिकामा बसेको बैठकले अर्को सूचना जारी नभए सम्म इनरुवा बजारका पसल, होटल तथा अन्य सबै प्रकारका व्यवसायहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पुरा गरी बिहान १० बजे देखि दिउसो ४ बजे सम्म मात्र खोल्ने र शनिवारको दिन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले बताए ।

यस्तै, इनरुवा नगरपालिका वडा कार्यालयहरूबाट प्रवाह हुने अति आवश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरू आगामी आइतबार सम्म बन्द गर्ने निर्णय पनि भएको छ । इनरुवा नगरपालिका क्षेत्र भित्र लाग्ने साप्ताहिक हाट बजार बन्द गर्ने र इनरुवा नगरपालिका वडा नं. ४ मा रहेको रमजानकी गुठीमा लाग्ने दैनिक तरकारी बजारमा थोक होलसेल तरकारी मात्र विक्री वितरण गर्ने र खुद्रा तरकारी बिक्री वितरण को लागि बिहीबारे हाटमा व्यवस्थापन गर्ने निर्णय भएको छ ।

यसै गरी इनरुवा बाहिरका सिटी सफारी र अटो रिक्साहरू इनरुवा प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ । अर्को निर्णय नहुन्जेल सम्मलाई इनरुवामा तोकिएको समय बाहेकमा कडाइ गरिने बताइएको छ । 

प्रतिकृया दिनुहोस्

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...