News Portal

झरि परेसंगै आईसोलेसन अस्पताल चुहिन थाले, क्वारेन्टाइनमा गुणस्तरहिन खाना

हिमाली संचार संवाददाता
४७७ पटक

२०७७ साउन १२, मंगलबार
दैलेख – कर्णाली प्रदेश सरकारले ७१ लाख रकमको लागतमा निर्माण गरेको आईसोलेसन अस्पताल झरि परेसंगै चुहिन थालेपनि कोरोना संक्रमितहरु रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ।

असार ३१ गते नयाँ भवनमा कोरोना संक्रमितहरुलाई सारिएको हो। अहिले नयाँ भवनभित्र पानी चुहिएर आहाल हुन थालेपनि विरामीहरुको विजोग भएको छ।

आन्तरिक कोटेशनमा मार्फत उक्त भवनको काम ठेकेदारलाई दिईएको थियो। वर्षातले छतबाट पानी सिधा र भित्ताहरु कोठामा खस्न थालेपछि ओछयान भिजेको कोरोना संक्रमित विरामीहरुले नाम नछाप्ने शर्तमा गुनासो गरेका छन्।

उनीहरुले त्यहाँ भित्र दैनिक विहान बेलुका खाना समेत गुणस्तरहिन खुवाउने गरेको गुनासो गरेका छन्। नाम मात्रको खाना हुने गरेको छ।

एक कोरोना संक्रमित विरामीले भने, मुखमै हाल्न नमिने स्वाद, पोषणविनाको खाना दिईने गरको छ। आफुहरुलाई भित्र अमानविय रुपमा हेर्ने गरेको गुनासो पनि उनीहरुले गरेका छन्।

प्रमुख जिल्ला अधिकारी युवराज कटेलले भवनमा आएको समस्या बुझेर तत्काल मर्मत गर्न लगाउने र कामबारे छानविन गर्ने बताए।

प्रतिकृया दिनुहोस्

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...