News Portal

झरि परेसंगै आईसोलेसन अस्पताल चुहिन थाले, क्वारेन्टाइनमा गुणस्तरहिन खाना

हिमाली संचार संवाददाता
४४४ पटक

२०७७ साउन १२, मंगलबार
दैलेख – कर्णाली प्रदेश सरकारले ७१ लाख रकमको लागतमा निर्माण गरेको आईसोलेसन अस्पताल झरि परेसंगै चुहिन थालेपनि कोरोना संक्रमितहरु रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ।

असार ३१ गते नयाँ भवनमा कोरोना संक्रमितहरुलाई सारिएको हो। अहिले नयाँ भवनभित्र पानी चुहिएर आहाल हुन थालेपनि विरामीहरुको विजोग भएको छ।

आन्तरिक कोटेशनमा मार्फत उक्त भवनको काम ठेकेदारलाई दिईएको थियो। वर्षातले छतबाट पानी सिधा र भित्ताहरु कोठामा खस्न थालेपछि ओछयान भिजेको कोरोना संक्रमित विरामीहरुले नाम नछाप्ने शर्तमा गुनासो गरेका छन्।

उनीहरुले त्यहाँ भित्र दैनिक विहान बेलुका खाना समेत गुणस्तरहिन खुवाउने गरेको गुनासो गरेका छन्। नाम मात्रको खाना हुने गरेको छ।

एक कोरोना संक्रमित विरामीले भने, मुखमै हाल्न नमिने स्वाद, पोषणविनाको खाना दिईने गरको छ। आफुहरुलाई भित्र अमानविय रुपमा हेर्ने गरेको गुनासो पनि उनीहरुले गरेका छन्।

प्रमुख जिल्ला अधिकारी युवराज कटेलले भवनमा आएको समस्या बुझेर तत्काल मर्मत गर्न लगाउने र कामबारे छानविन गर्ने बताए।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...