News Portal

सुर्खेतको काँक्रेविहारमा पहिलोपटक परिक्षणको रुपमा युवाहरुले रोपे टिमुरका विरुवा

हिमाली संचार संवाददाता
४६७ पटक

२०७७ साउन १२, सोमबार
सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको बोरेन्द्रनगरमा रहेको संरक्षण क्षेत्र काँक्रेविहारमा वृक्षारोपण गरिएको छ। आज वीरेन्द्रनगर वडा नम्बर ९ लाटिकोईलीका युवाहरुको संक्रियतामा टिमुरको विरुवा परिक्षणको रुपमा रोपिएको छ।

गुँरास गाउपलिकाका अध्यक्ष खेमराज वलीले दुर्इ सय टिमुरका विरुवा काँक्रेविराहमा रोप्नको लागी हस्तान्तरण गर्नुभएको हो।

विरुवाहरु एक कार्यक्रमको आयोजाना गरेर लाटीकोईलीका समाजसेवी दलबहादुर खत्री र शिक्षक संघ सुर्खेतका अध्यक्ष गोविन्द्र गिरीले काँक्रेविहारको मञ्च नजिकको वृक्षारोपन गरेर उद्धघाटन गर्नुभएको हो।

अहिले देश तथा बिदेशमा नेपाली टिमुरको माग बढ्दै गएकाले व्यवसायीक रुपमा टिमुर खेति गर्नेहरु पनि बढ्दै गएको छ।

पहाडी क्षेत्रमा उत्पादन हुने टिमुर काँक्रेविहारमा पहिलो पटक परिक्षणको रुपमा रोपिएको स्थानिय युवा सनम गिरीले बताउनु भयो।

रोपिएका विरुवाहरु काँक्रेविहार मञ्च नजिक, बरकुना र पातलगंगा नजिकको जंगलमा रोपिएको हो। अहिले रोपिएका यो टिमुरका विरुवाहरु सफल भए आगामी दिनमा काँक्रेविहारको खाली जमिनमा विरुवा रोपिने स्थानिय युवा बसन्त गिरी र नविन गिरीले बताउनुभयो।

बृक्षारोपन कार्यक्रममा अनमोल श्रेष्ठ, सुशान्त गिरी, राजन गिरी, प्रदिप रोकाय, रुद्र खत्री, अनिल दाहाल र नरेश शर्मा लगायतका ४० जना युवाहरुको सहभागीता रहेको थियो।

बृक्षारोपन कार्यक्रममा लाटीकोईलीका युवाहरुलाई सहयोग गर्न कैँची ग्याङ्ग युवाहरु पनि सहभागी भएका थिए।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...