News Portal

    नाग पञ्चमी | कल्की जयन्ती

    सुयोग ढकाल
    ४४४ पटक
    २०७७ साउन १०, शनिवार

    सुयोग ढकाल – आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ। चाडपर्वहरुलाई धर्मसंग मात्र नजोडेर संस्कारसंग जोड्ने हो भने हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरुले अझै धनी बनाएका छन्, आजको दिन सरिसृप अर्थात घस्रेर जमिनमा हिड्ने जनावरहरुको पूजा अर्चना गरिने दिन हो।

    श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताकालागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, बैधिक दर्शनमा १२ वटा नागहरुको उपस्थिती पाइन्छ जसमा अनन्त, वासुकी, शेष, पद्यम्, कम्बला, कारकोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यी सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ।

    यिनै नागहरु अकिंत चित्र लिएर ब्राह्मण पुरोहितहरु आ-आफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो लिएर नाग टाँस्न पुग्दछन्। यसरी दैलो या मूल खाम्बाेमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ, रक्षार्थ टाँसिने यस्ता चित्रहरु ल्याउने र टाँस्ने पुरोहितहरुलाई जजमानले गक्ष अनुसारको दक्षिणा, नैबेद्य र भोजन पनि गराउने चलन छ।

    नाग पञ्चमीको वास्तविक एतिहासिक जरो महाभारतसंग जोडिएको पाइन्छ। परिक्षीत नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ। उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधकालागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसकालागि उनले महायज्ञ शुरु गर्दछन जसमा सिद्द ऋृषिमुनी, साधू र पण्डितहरुलाई आमन्त्रण गरे।

    उक्त यज्ञको हवन कूण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहिं भष्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्मजयसम्म आइपुग्दछन्, यो देखेर सबै छक्क परे। तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफिको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन्। यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यस पश्चात् आजैको दिन पुर्नजीवन पाएका हुन्।

    यस दिन नागदेवताको पूजा अर्चनाकालागि दुध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा अर्थात् भुटेर फूल उठेको धान चढाइन्छ। सामान्यतया अगाडी सर्पनै राखेर पूजागर्न डरलाग्दो र जोखिमयूक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ।

    कल्की जयन्ती

    भगवान विष्णुको दशौ तथा अन्तिम अवतार “कल्की अवतार” भविष्यमा आजकै दिन यस कलियुगमा जन्म लिने धार्मिक मान्यता छ। आजको दिन श्रावण शुक्ल पञ्चमीअर्थात् कल्की जयन्तीले भगवान विष्णुको यो अन्तिम अवतारको जन्म हुनलागेको याद दिलाउछ। कलियुगमा अधर्म बढ्न थालेपछि कल्की अवतारले जन्म लिएर सबै पापीहरुको विनास गरेर पुन एकपटक यो मानव जगतलाई धर्मको मार्गमा पुनर्स्थापित गराउने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ।

    भगवान विष्णुको यो अवतार ६४ ओटा कलाले युक्त हुन्छ। पुराण अनुसार भगवान विष्णुको यो अवतारले एकजना तपस्वी ब्राह्मणको घरमा पुत्रको रुपमा जन्म लिनेछन् भने देवदत्त नामक घोडामा सवार भएर संसारमा पापिहरुको विनास गर्नेछन्। 

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज २०८२ साल असार १ गतेको राशिफल

    आज असार २, २०८२ (जुन १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सानो पाइला सहकारी ठगी काण्ड : रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा, ५ करोडभन्दा बढी बिगो माग

    काठमाडौं, असार १ — वीरगञ्जस्थित सानो पाइला सहकारी घोटाला प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

    टिकटकमार्फत जातीय विभेद भड्काउने युवती पक्राउ

    काठमाडौं, असार १ – सामाजिक सञ्जाल टिकटक प्रयोग गरेर जातीय तथा साम्प्रदायिक भावना भड्काउने र...

    कुलेश्वरबाट अक्सिजन सिलिण्डरभित्र ट्रामाडोल ओसार्ने दुई जना पक्राउ

    काठमाडौं, असार १ – अक्सिजन सिलिण्डरको आडमा लागुऔषध ओसारपसार गरिरहेका दुई जना काठमाडौंको कुलेश्वरबाट पक्राउ...

    काठमाडौँको बूढानीलकण्ठमा दुई जना मृत फेला, घटनामा रहस्यमय पाटो — अनुसन्धानमा जुट्यो प्रहरी

    काठमाडौँ, असार १ – राजधानीको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित एक घरभित्र दुई जनाको शव फेला परेपछि...