News Portal

  • कृषकलाई अनुदान र सहुलीयत ऋण बृद्धि गर्नु अति आवश्यक : मन्त्री खनाल

    हिमाली संचार संवाददाता
    १३११ पटक

    रमेश गिरी
    भक्तपुर – कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले कृषिमा लागेकालाई उत्पादनमा बृद्धि गर्नका लागि अनुदान र सहुलीयत ऋणमा बृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

    शनिबार भक्तपुरको सूर्यविनायकमा आरम्भ कृषि सहकारी संस्था लि.को आठौ साधारण सभा तथा तीज कार्यक्रममा बोल्दै उहाँले यसका लागि सरकारले बिभिन्न कार्यक्रमहरु ल्याउने तयारी गरेको बताउनु भएको हो ।

    “नेपाल कृषि प्रधान देश हो, अझै पनि नेपालमा ६६ प्रतिशत जनता कृषिमा निर्भर छन्”–मन्त्री खनालले भन्नुभयो–“यस्तो अबस्थामा कृषिमा उत्पादन बृद्धि गर्न कृषिमा लागेका किसान र कृषि सहकारीहरुलाई सरकारको अनुदान र सहुलीयत ऋण सहज रुपमा उपलब्ध गराउँनु आवश्यक छ ।”

    कृषि र सहकारी मन्त्रालयबाट कृषक एवं कृषि सहकारीका लागि जाने अनुदानको पहुँच समेत बृद्धि गर्नुपर्नेमा जोड दिदै उहाँले कृषि उत्पादनमा लागेको संस्थाको पहिचान गर्दै अनुदान दिनेबारे मन्त्रालयले कार्य अगाडि बढाएको उहाँको भनाई थियो । अरु सहकारी फस्टाउँदै गएपनि कृषि सहकारी भने जोखिम मै रहेको चर्चा गर्दै उहाँले कृषकले गरेका उत्पादनले सहज रुपमा बजार नपाउँने र उचित मूल्य नपाउँदा कृषक मारमा परेको भनाई राख्नुभयो ।

    समग्र सहकारी र कृषिमा ६० लाख मानिस जोडिएको बताउँदै उहाँले महिलाहरुले सहकारी मार्फत श्रम, लगानी र आम्दानीमा बृद्धि गर्दा देश कै आर्थिक मेरुदण्ड सबल हुने भनाई राख्नुभयो । महिलाको श्रमको मूल्य अझै नभएको भन्दै महिलाको श्रमबाटै देशको विकासमा टेवा पुगेको कुरालाई कसैले पनि बिर्सन नहुनेमा उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक सरिता भट्टराईले कृषि सहकारी छायाँमा पर्दै आएको सन्दर्भ कोट्याउँदै कृषि उत्पादनमा बृछि गर्न र कृषकलाई प्रोत्साहन गर्नका लागि सरकारले कृषि सहकारीको स्तर उठाउँने कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिनुभयो ।
    त्यसअवसरमा जिल्ला सहकारी संघका अध्यक्ष महेश श्रेष्ठ, कृषि सहकारी संघका अध्यष शनिष लागेजू, आरम्भ कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष उत्तम सापकोटा, संस्थाका सचिव जगन्नाथ डुम्रे लगायतले कृषि सहकारकिो महत्व माथि प्रकाश पाुर्न भएको थियो ।

    कार्यक्रममा उतकृष्ठ व्याबसायी बलराम सिबन्जार, ज्ेयष्ठ नागरिक आरती थापा, असल बचतकर्ता बिकुलाल मानन्धर, उत्कृष्ठ समूह डोलेश्वर सामाजिक परिवार, असल ऋणी कैले तामाङ्गलाई सम्मान गरिएको थियो ।

    संस्थाका अध्यक्ष महेश थापाले संस्थाको शेयर पूजीँ रु.५३ लाख २५ हजार ८००, निक्षेप संकलन रु.६५ लाख ८९ हजार ४८, ऋण प्रवाह ६६ लाख ४५ हजार २७१ रहेको बताउनुभयो । कार्यक्रममा महलिाहरुले तीज समेत मनाएका थिए । गायिका योजना पुरी लगायत बिभिन्न गायिकाहरुले गीत गाएका थिए । कार्यक्रममा मदरल्याण्ड ईङ्गलिस बोर्डिंग स्कूलका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...