News Portal

कृषकलाई अनुदान र सहुलीयत ऋण बृद्धि गर्नु अति आवश्यक : मन्त्री खनाल

हिमाली संचार संवाददाता
१३७८ पटक

रमेश गिरी
भक्तपुर – कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले कृषिमा लागेकालाई उत्पादनमा बृद्धि गर्नका लागि अनुदान र सहुलीयत ऋणमा बृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

शनिबार भक्तपुरको सूर्यविनायकमा आरम्भ कृषि सहकारी संस्था लि.को आठौ साधारण सभा तथा तीज कार्यक्रममा बोल्दै उहाँले यसका लागि सरकारले बिभिन्न कार्यक्रमहरु ल्याउने तयारी गरेको बताउनु भएको हो ।

“नेपाल कृषि प्रधान देश हो, अझै पनि नेपालमा ६६ प्रतिशत जनता कृषिमा निर्भर छन्”–मन्त्री खनालले भन्नुभयो–“यस्तो अबस्थामा कृषिमा उत्पादन बृद्धि गर्न कृषिमा लागेका किसान र कृषि सहकारीहरुलाई सरकारको अनुदान र सहुलीयत ऋण सहज रुपमा उपलब्ध गराउँनु आवश्यक छ ।”

कृषि र सहकारी मन्त्रालयबाट कृषक एवं कृषि सहकारीका लागि जाने अनुदानको पहुँच समेत बृद्धि गर्नुपर्नेमा जोड दिदै उहाँले कृषि उत्पादनमा लागेको संस्थाको पहिचान गर्दै अनुदान दिनेबारे मन्त्रालयले कार्य अगाडि बढाएको उहाँको भनाई थियो । अरु सहकारी फस्टाउँदै गएपनि कृषि सहकारी भने जोखिम मै रहेको चर्चा गर्दै उहाँले कृषकले गरेका उत्पादनले सहज रुपमा बजार नपाउँने र उचित मूल्य नपाउँदा कृषक मारमा परेको भनाई राख्नुभयो ।

समग्र सहकारी र कृषिमा ६० लाख मानिस जोडिएको बताउँदै उहाँले महिलाहरुले सहकारी मार्फत श्रम, लगानी र आम्दानीमा बृद्धि गर्दा देश कै आर्थिक मेरुदण्ड सबल हुने भनाई राख्नुभयो । महिलाको श्रमको मूल्य अझै नभएको भन्दै महिलाको श्रमबाटै देशको विकासमा टेवा पुगेको कुरालाई कसैले पनि बिर्सन नहुनेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक सरिता भट्टराईले कृषि सहकारी छायाँमा पर्दै आएको सन्दर्भ कोट्याउँदै कृषि उत्पादनमा बृछि गर्न र कृषकलाई प्रोत्साहन गर्नका लागि सरकारले कृषि सहकारीको स्तर उठाउँने कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिनुभयो ।
त्यसअवसरमा जिल्ला सहकारी संघका अध्यक्ष महेश श्रेष्ठ, कृषि सहकारी संघका अध्यष शनिष लागेजू, आरम्भ कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष उत्तम सापकोटा, संस्थाका सचिव जगन्नाथ डुम्रे लगायतले कृषि सहकारकिो महत्व माथि प्रकाश पाुर्न भएको थियो ।

कार्यक्रममा उतकृष्ठ व्याबसायी बलराम सिबन्जार, ज्ेयष्ठ नागरिक आरती थापा, असल बचतकर्ता बिकुलाल मानन्धर, उत्कृष्ठ समूह डोलेश्वर सामाजिक परिवार, असल ऋणी कैले तामाङ्गलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष महेश थापाले संस्थाको शेयर पूजीँ रु.५३ लाख २५ हजार ८००, निक्षेप संकलन रु.६५ लाख ८९ हजार ४८, ऋण प्रवाह ६६ लाख ४५ हजार २७१ रहेको बताउनुभयो । कार्यक्रममा महलिाहरुले तीज समेत मनाएका थिए । गायिका योजना पुरी लगायत बिभिन्न गायिकाहरुले गीत गाएका थिए । कार्यक्रममा मदरल्याण्ड ईङ्गलिस बोर्डिंग स्कूलका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...