News Portal

काभ्रेमा एक सहकारीको तीज कार्यक्रममा दर खाएका ४०० विरामी

हिमाली संचार संवाददाता
८८७ पटक

काभ्रे – पाँचखाल नगरपालिका-१२ काँसकोटमा तीजको दर खाँदा बिरामी हुनेको संख्या ४ सय नाघेको छ । विरामी हुनेमा प्रदेश संसाद गोमा भुर्तेल समेत छिन् ।

अनलाइनखबरका अनुसार कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरु बिरामी परेका हुन् ।

गाउँभरिका करिब ५/७ सय कार्यक्रममा सहभागी थिए । तर, दर खाएका सबैको पेट दुख्ने, वाकवाक हुने, पखला हुने, टाउको दुख्ने समस्या देखिएको छ ।

‘मेरो घरको ३ जना विरामी भएपछि अरुलाई पनि केही भयो कि भनेर सहकारीका अध्यक्ष भैरव सेडाईलाई फोन गरेँ । उहाँको हविगत पनि उहि रहेछ’ प्रदेश सांसद भुर्तेलले भनिन् ।

काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार १३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बिरामी मध्ये धुलिखेल अस्पतालमा ८६ को उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको डा. अनमोल श्रेष्ठले जानकारी दिए ।

५६ जनाको शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये दुई जनाको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका डा. एञ्जला बस्नेतले बताए ।

बिरामी मध्ये केहीलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र, पोलिक्निक र केहीलाई काठमाडौंमा उपचारको लागि लगिएको छ । बाँकी उपचार गरी घर फर्किसकेका छन् ।

विरामी हुनेमा बढी बालबालिका र महिला छन् । बिरामी भएकाहरूको संख्या बढ्दै गएको र उपचार लागि आवश्यक प्रक्रिया थालनी गरेसँगै स्वास्थ्य विभाग लगाएतका टोलीले घटनास्थलको अवलोकन गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए ।

उनका अनुसार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका टोलीले बिरामीले खाएका खाना तथा पानीको नमूना सङ्कलन गरी प्रयोगशालामा लगेको छ ।

तीजको नाममा गरिने देखावटी र तीजका नाममा हुने विकृतिको एउटा उदाहरण देखिएको स्वास्थ्य विभागका महानिर्देक डाक्टर गुणराज लोहनीले बताए । चाडवाडमा मिठो खाने, धेरै रमाउने नाममा भड्किलो बनाउँदै जादा स्वास्थ्यसम्बन्धी समस्या बढ्ने भन्दै उनले सजग हुन अपील गरेका छन् ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...