News Portal

  • काभ्रेमा एक सहकारीको तीज कार्यक्रममा दर खाएका ४०० विरामी

    हिमाली संचार संवाददाता
    ८१२ पटक

    काभ्रे – पाँचखाल नगरपालिका-१२ काँसकोटमा तीजको दर खाँदा बिरामी हुनेको संख्या ४ सय नाघेको छ । विरामी हुनेमा प्रदेश संसाद गोमा भुर्तेल समेत छिन् ।

    अनलाइनखबरका अनुसार कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरु बिरामी परेका हुन् ।

    गाउँभरिका करिब ५/७ सय कार्यक्रममा सहभागी थिए । तर, दर खाएका सबैको पेट दुख्ने, वाकवाक हुने, पखला हुने, टाउको दुख्ने समस्या देखिएको छ ।

    ‘मेरो घरको ३ जना विरामी भएपछि अरुलाई पनि केही भयो कि भनेर सहकारीका अध्यक्ष भैरव सेडाईलाई फोन गरेँ । उहाँको हविगत पनि उहि रहेछ’ प्रदेश सांसद भुर्तेलले भनिन् ।

    काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार १३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बिरामी मध्ये धुलिखेल अस्पतालमा ८६ को उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको डा. अनमोल श्रेष्ठले जानकारी दिए ।

    ५६ जनाको शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये दुई जनाको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका डा. एञ्जला बस्नेतले बताए ।

    बिरामी मध्ये केहीलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र, पोलिक्निक र केहीलाई काठमाडौंमा उपचारको लागि लगिएको छ । बाँकी उपचार गरी घर फर्किसकेका छन् ।

    विरामी हुनेमा बढी बालबालिका र महिला छन् । बिरामी भएकाहरूको संख्या बढ्दै गएको र उपचार लागि आवश्यक प्रक्रिया थालनी गरेसँगै स्वास्थ्य विभाग लगाएतका टोलीले घटनास्थलको अवलोकन गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए ।

    उनका अनुसार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका टोलीले बिरामीले खाएका खाना तथा पानीको नमूना सङ्कलन गरी प्रयोगशालामा लगेको छ ।

    तीजको नाममा गरिने देखावटी र तीजका नाममा हुने विकृतिको एउटा उदाहरण देखिएको स्वास्थ्य विभागका महानिर्देक डाक्टर गुणराज लोहनीले बताए । चाडवाडमा मिठो खाने, धेरै रमाउने नाममा भड्किलो बनाउँदै जादा स्वास्थ्यसम्बन्धी समस्या बढ्ने भन्दै उनले सजग हुन अपील गरेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...