News Portal

हङकङमा आज ११८ जना नोवेल कोरोना संक्रमण पुष्टि

हिमाली संचार संवाददाता
४४६ पटक
२०७७ साउन ८,बिहिवार

युवा राई, हङकङ। हङकङमा आज बिहिवार थप ११८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

हङकङका स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले आजको न्युज ब्रिफिङमा ११८ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी छिन् । हङकङमा कोरोना संक्रमितको संख्या २,२५० पुगेको छ।

डा. शुक वानका अनुसार संक्रमितमध्ये १११ स्थानीय र ७ जना आयातित रहेका छन्। आयातित संक्रमितहरुमा फिलिपिन्सबाट फर्केका तीनजना घरेलु सहयोगी, भारतबाट फर्केका तीन जना र जापानबाट फर्केका एक कार्गो एयरक्रुका सदस्य रहेका छन्।

कोरोना संक्रमितहरुमा १,३७९ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। ७१६ जनाको उपचार भइरहेको छ। ३३ जना सङ्क्रमितको अवस्था गम्भीर रहेको पनि जनाइएको छ। हङकङमा हाल सम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...