News Portal

हङकङमा आज ११८ जना नोवेल कोरोना संक्रमण पुष्टि

हिमाली संचार संवाददाता
४७३ पटक
२०७७ साउन ८,बिहिवार

युवा राई, हङकङ। हङकङमा आज बिहिवार थप ११८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

हङकङका स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले आजको न्युज ब्रिफिङमा ११८ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी छिन् । हङकङमा कोरोना संक्रमितको संख्या २,२५० पुगेको छ।

डा. शुक वानका अनुसार संक्रमितमध्ये १११ स्थानीय र ७ जना आयातित रहेका छन्। आयातित संक्रमितहरुमा फिलिपिन्सबाट फर्केका तीनजना घरेलु सहयोगी, भारतबाट फर्केका तीन जना र जापानबाट फर्केका एक कार्गो एयरक्रुका सदस्य रहेका छन्।

कोरोना संक्रमितहरुमा १,३७९ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। ७१६ जनाको उपचार भइरहेको छ। ३३ जना सङ्क्रमितको अवस्था गम्भीर रहेको पनि जनाइएको छ। हङकङमा हाल सम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...