News Portal

विमानस्थल नियमित उडान संचालनमा जुट्यो

हिमाली संचार संवाददाता
४५० पटक

२०७७ साउन ८, बिहीवार
मधुजंग पाण्डे/काठमाडौं – कोरोना महामारीका कारण बन्द व्यवसायिक उडान नियमित गर्न सरकारले अनुमति दिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन नियमित हवाई उडान सञ्चालन तयारीमा जुटेको छ।

आगामी १ भदौदेखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान भर्ने तयारी सुरु गरिएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल कार्यालय महाप्रबन्धक देवेन्द्र केसीका अनुसार कोरोना संक्रमण जोखिम हेरेर दैनिक १५ वटासम्म उडान भर्नसक्ने अवस्था छ।

‘डिपार्चर’ र ‘अराइभल’का लागि सामान्य अवस्थाभन्दा केही बढी समय लाग्ने भएकाले पहिलो चरणमा सीमित उडानबाट विमानस्थल सूचारु गरिने तयारी भइरहेको उनले बताए।

सरकारले सोमबार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई आगामी १ भदौदेखि नियमित व्यवसायिक आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान सूचारु गर्ने निर्णय गरेको हो।

विमानस्थलले १ भदौपछि दैनिक ‘कति उडान भर्ने ?’ भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन तर, संक्रमण जोखिम ध्यान दिएर दैनिक १५ वटाभन्दा बढी उडान भर्न सम्भव नदेखिएको केसी बताउ“छन्।

यसैगरी, आन्तरिक उडानतर्फ दैनिक ३० देखि ४० वटासम्म उडान भर्न सम्भव हुने उनले बताए। विदेशी यात्रुले उडान समयभन्दा कम्तीमा चार घण्टाअघि विमानस्थल पुगिसक्नुपर्नेछ।

समान्य अवस्थामा आफ्नो उडान समयभन्दा तीन घण्टाअघि विमानस्थल पुग्नुपर्ने व्यवस्था थियो। विमानस्थल कार्यालयमा महाप्रबन्धक केसीले स्वास्थ्य सुरक्षा अपनाउन विशेष साधनस्रोत बढाउनुपर्नेमा जोड दिए।

विमानस्थलसँग जनशक्ति पर्याप्त भएको तर संक्रमण जोखिम कम गर्नका लागि साधनस्रोत थप्नुपर्ने उनको माग छ। देशभित्रका अन्य आन्तरिक विमानस्थल पनि उडानका लागि तयारी अवस्थामा छन्।

देशभित्रका सबै विमानस्थलमा न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गरिने जनाइएको छ। कोरोना संक्रमणका हिसाबले विमानस्थल अत्यन्त संवेदनशील ठाउँ भएकाले स्वास्थ्य सुरक्षाका ‘पोर्टोकल’ पूर्ण रूपमा पालना गर्न र गराउन विमानस्थल सक्षम रहेको केसीको दावी छ।

वायुसेवा सञ्चालक कम्पनीले पनि विमान सेवा सञ्चालनको सम्पूर्ण तयारी गरिसकेका छन्। सरकारले यसअघि नै कारोना जोखिम नसकिएसम्मका लागि हवाई उडान सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षा निर्देशिका जारी गरेको थियो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...