News Portal

हङकङमा बुधबार ११३ जनामा कोरोना संक्रमण पुष्टि, अहिले सम्मको उच्च

हिमाली संचार संवाददाता
५३० पटक
२०७७ साउन ७, बुधवार

युवा राई, हङकङ। हङकङमा बुधवार थप ११३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले बुधवारको न्युज ब्रिफिङमा ११३ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन् । हङकङमा कोरोना संक्रमितको संख्या २,१३२ पुगेको छ।

डा. शुक वानका अनुसार संक्रमितमध्ये १०५ स्थानीय र ८ जना आयातित रहेका छन्। कोरोना संक्रमितहरुमा १,३४४ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। ६४५ जनाको उपचार भइरहेको छ भने २९ जना संक्रमितको अवस्था गम्भीर रहेको जनाइएको छ । हङकङमा कोरोनाबाट हाल सम्म मृत्यु हुनेको संख्या १४ पुगेको छ।

हङकङमा पछिल्लो दिनमा स्थानीय कोरोना संक्रमणको लगात्तर बृद्धिले उच्चजोखिम बढाएपछि सामाजिकदूरी कायम गर्न, सार्वजनिक स्थानमा मास्क लगाउने र सकेसम्म धरभित्र सुरक्षित रहन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...