News Portal

रंगेलीमा युवा क्लवद्वारा ब्याम साला संचालन

हिमाली संचार संवाददाता
६६९ पटक

२०७७ साउन ५, साेमबार
रबिन्द्र बराल – माेरङकाे रंगेली नगरपालिका ७ काे मुख्य बजारमा रंगेली नगर युवा क्लवद्वारा ब्याम साला (जिम खाना) सञ्चालन ल्याएकाे छ।

आज बिधिवत रुपमा रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले जिमखानामा रिवन काटेर उद्धाटन गरेका हुन। नगर तथा नगर बाहिर रहेका युवाहरुलाई स्वास्थ्य राख्ने उदेश्यले नगर युवा क्लवले रंगेलीमै पहिलोपटक अत्यधुनिक सेमिनकाे प्रबिधिबाट शरीरलाई व्याम सुरु गरेको छ ।

स्वास्थ्य र स्फुर्त राख्नका लागि व्याम साला सञ्चालनमा ल्याएकाे क्लवका अध्यक्ष निरज साहले बताए। नगरपालिकाले ५ लाख रुपैयाँकाे सहयोग तथा क्लवबाट ४ लाख रुपैयाँ गरि ९ लाख रुपैयाँकाे लागतमा क्लवले जिम खाना सन्चालनमा ल्याएको हाे।

कार्यक्रमकाे प्रमुख अतिथि दिलिप बगडिया, बिशिस्ट अतिथि वडाध्यक्ष रामचन्द्र मंन्डल, बुद्धिजीवी सुरेश मिश्र, मचिन्द्र कटुवाल, मनाेज अग्रवाल, सन्जिव श्रेष्ठ, मुरारी साेनि, मनाेज साहलगायतको उपस्थिति समेत रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथिले भने अब सबै वडाहरुमा खुला व्यामसाल समेत सन्चालनमा ल्याउने प्रतिव्यधता जनाएका छन। यसरी युवाहरुले जिम खाना सन्चालन गरेकोमा धन्यवाद समेत दिएका छन।

उक्त जिम खानामा साईकेलिङ मेसिन, ईलाेकाेट्राेनिक साईकलिन लागायतका सामाग्रीहरुकाे माध्यमबाट शरीरलाई स्वास्थ्य राख्न ब्यामसाला सञ्चालनमा ल्याएका हुन।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...