News Portal

  • बर्दिया निकुञ्जबाट वेपत्ता भनिएका पश्चिम सुर्खेतका शिवराम रानाको कंकाल फेला

    हिमाली संचार संवाददाता
    ३४२ पटक

    २०७७ साउन ४, आइतबार
    सुर्खेत – चार महिना अघि बर्दियाको निकुञ्जबाट वेपत्ता भएका भनिएका पश्चिम सुर्खेतका शिवराम रानाको कंकाल फेला परेको छ।

    बराहताल गाउँपालिका वडा नं. १ समशेलीका ३१ बर्षीय राना गत फागुन १० गते शिकार खेल्न गएको बेला वेपत्ता भएको प्रहरीमा उजुरी परेको थियो।

    चार महिनापछि असार १६ गते सुर्खेत प्रहरीले रानाको हात, खुट्टा र टाउकाको हड्डीसहित उनले लगाउने लुगा, झोला, एक थान बन्दुक, हँसिया, खुकुरीसहित केही सामग्री फेला पारेको जनाएको छ।

    आज प्रहरीले रानाको कंकाल तथा लताकपडा सार्वजनिक गर्दै वेपत्ता भएको उजुरी परेको चार महिनापछि कंकाल फेला पारिएको जानकारी दिएको छ।

    सुर्खेतका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले मृतक रानाका श्रीमती मनरुपा रानाले आफ्नो श्रीमान शिवराम राना हराएको निवेदन दिएपछि प्रहरीले खोजतलास जारी राखेको बताउनुभयो।

    असार १६ गते प्रहरी निरीक्षण गोपाल रायमाझीको कमाण्डमा गएको टोलीले बर्दियाको ठाकुरद्वारा नगरपालिका १ पाँडेखोलामा रानाको कंकाल र लताकपडा फेला पारेको बताउनुभयो।

    लताकपडाका आधारमा मृतकका श्रीमती र बाबुले शिवराम भएको सनाखत गरेको उहाँको भनार्इ छ। शिवरामसँगै शिकार खेल्न अन्य दुई जना यामबहादुर समशेली र सूर्यबहादुर वली गएका थिए।

    रानाको कंकाल फेला परेपछि उहाँको श्रीमती मनरुपाले यामबहादुर र सूर्यबहादुरविरुद्ध कर्तव्य ज्यानको उजुरी दिएको एसपी भट्टले जानकारी दिनुभयो।

    उजुरीपछि उनीहरु दुईजनालाई प्रहरीले नियन्त्रणमा लिइ विस्तृत अनुसन्धान थालेको छ। एसपी भट्टले प्रारम्भिक अनुसन्धानमा यामबहादुर र सूर्यबहादुरले शिवरामलाई बाघले मारेको बयान दिएका छन।

    तर रानाका श्रीमती मनरुपाले भने यामबहादुर र सूर्यबहादुरले मारेको भन्दै किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ।

    घटनाको प्रारम्भिक अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक गोपाल रायमाझीले रानाको हाड तथा कपडाहरु निकुञ्जको भिरालो झाडीमा फेला परेको बताउनुभयो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...