News Portal

हङकङमा आज थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

हिमाली संचार संवाददाता
५५८ पटक
२०७७ साउन ४, आइतबार

युवा राई, हङकङ । हङकङमा आइतवार थप १०८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङको नियमित न्यूज ब्रिफिङमा जनाएको छ।

स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले आइतवारको न्युज ब्रिफिङमा १०८ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन् । हङकङमा कोरोना संक्रमितको संख्या १,८८६ पुगेको छ।

डा. शुक वानले संक्रमितमध्ये ८३ जना स्थानीय र २५ जना आयातित रहेको बताइन् । डा. शुक वानका अनुसार आयातित संक्रमितमध्ये ३ जना पानी जहाजमा काम गर्ने, १० फिलिपिन्स घरेलु सहयोगीहरू, जापानबाट फर्केका क्याबिन चालक दल, पाकिस्तान र संयुक्त राज्य अमेरिकाबाट फर्केकाहरु पनि रहेका छन्।

कोरोना संक्रमितहरुमा १,२९४ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। ४६३ जनाको उपचार भइरहेको छ। १९ जना सङ्क्रमितको अवस्था गम्भीर रहेको जनाइएको छ। हाल सम्म कोरोनाबाट हङकङमा १२ जनाको ज्यान गएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...