News Portal

  • स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप हुन दिन्नौं : कांग्रेस सभापति देउवा

    हिमाली संचार संवाददाता
    ६१५ पटक

    बुटवल – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप हुन नदिने बताएका छन् । पार्टीगत आस्था भन्दा माथि उठेर पत्रकारिता गर्न सुझाव दिँदै उनले कांग्रेस सँधै प्रेस स्वतन्त्रको पक्षमा उभिने स्पष्ट पारे ।

    बुटवलस्थित एक टेलिभिजनको कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले अमुख दलका नेताको निर्देशनमा संचारमाध्यममाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए । ‘हामी त्यस्ता सीडीओलाई कारवाही गरेरै छाड्छौं’ देउवाले भने, ‘यो कुरा म काठमाडौं गएर पनि उठाउँछु ।’

    उनले प्रदेश ५ मा रहेका संचारमाध्यमहरुलार्इ बुद्ध दर्शन र बुद्ध शिक्षालाई प्रचार गर्न सुझाव दिए । मुलुकमा शान्ति र स्थिरताका लागि बौद्ध दर्शनको प्रचारप्रसार आवश्यक पर्ने उनले बताए ।

    कांग्रेस प्रमुख सचेतक बालकृष्ण खांणले प्रदेश ५ को राजधानी बुटवलबाट अन्यत्र कसैले सार्न नसक्ने बताए । मुख्यमन्त्री शंकर पोखरेल, सभामुख कृष्णबहादुर महराले प्रदेशको राजधानी सार्छौं भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै त्यो प्रयास सफल नहुने स्पष्ट पारे ।

    भैरहवामा निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल, प्रशस्त भौतिक पूर्वाधार रहेको भन्दै उनले प्रदेशको स्थायी राजधानीका लागि बुटवल नै उपयुक्त भएको तर्क गरे । खांणले वर्तमान सरकारबाट स्वतन्त्र प्रेसमाथि प्रहार भइरहेको भन्दै उनले सरकारको आलोचना र विरोधमा समाचार लेखेका भरमा अन्तर्वार्ता गरेका आधारमा पत्रकारहरुलाई जागिरबाट निकालिएको दाबी गरे ।

    नेकपा प्रदेश संसदीय बोर्डका सचिव भोजप्रसाद श्रेष्ठले बुटवललाई प्रदेश ५ को अस्थायी राजधानी तोकेकोमा देउवालाई धन्यवाद दिए । उनले प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट अन्यत्र लैजान खोजिए विगतको जस्तै आन्दोलन चर्किने चेतावनी दिए ।

    कांग्रेस नेता चन्द्र भण्डारीले चुड्किला र उखानमा रमाएर विचार नपुर्‍याई भोट हाल्दा जनता मारमा परेको बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...