News Portal

हङकङमा थप ६४ जना संक्रमित, हाल सम्म १२ जनाको मृत्यु

हिमाली संचार संवाददाता
५२४ पटक
२०७७ साउन ३,शनिवार

युवा राई, हङकङ । हङकङमा शनिवार थप ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले शनिवारको न्युज ब्रिफिङमा ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी छिन् । हङकङमा कोरोना संक्रमितको संख्या १,७७८ पुगेको छ।

डा. शुक वानले संक्रमितमध्ये ४ जना आयातित, २५ जना स्थानीय र ३५ स्थानीय संक्रमणको स्रोत पत्ता लाग्न नसकेको बताइन्। आयातित ४ जना भारत, फिलिपिन्स र पाकिस्तानबाट हालै हङकङ फर्केका रहेका हुन । 

हाल सम्म हङकङमा कोरोना संक्रमितहरुमा १,२७४ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। ४२१ जनाको उपचार भइरहेको छ। १३ जना संक्रमितको अवस्था गम्भीर रहेको जनाइएको छ। कोरोनाबाट हङकङमा हाल सम्म १२ जनाको ज्यान गएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...