News Portal

प्रदेश सांसद यामलाल कँडेलले लिएको ८ लाख तलब नियम बिपरित

हिमाली संचार संवाददाता
१६८२ पटक

२०७७ साउन ३, शनिबार
सुर्खेत – कर्णाली प्रदेशका ३३ जना सांसदले तलब लिए बापत राज्यलाई तिर्नुपर्ने करसमेत तिरेका छैनन्। महालेखाको प्रतिवेदन अनुसार ३३ जना सांसदले १४ लाख ६६ हजार करकट्टी नगरेको पाइएको हो।

त्यस्तै पुर्वमन्त्री तथा प्रदेश सांसद यामलाल कँडेलले लिएको ८ लाख ४५ हजार रुपैयाँ पनि नियम विपरित देखिएको छ। प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ मा तोकिए भन्दा उनले दोब्बर सुविधा लिएको भन्दै महालेखाले बेरुजु भनेको छ।

२०७५ साउन १६ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णयअनुसार उनलाई प्रतिपक्ष दलको हैसियत बराबरको सुविधा दिइएको हो।

ऐन अनुसार उनले बार्षिक ८ लाख ४५ हजार रुपैयाँ पाउनुपर्छ तर मन्त्रीपरिषदले गरेको निर्णय अनुसार उनले थप ८ लाख २० हजार रुपैयाँ लिएका छन्। जसलाई महालेखाले बेरुजु देखाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...