आज : २०२६-०७-२८, मङ्गलबार

गजल

– नयन अधिकारी

आफु मात्रै आफ्नो एक सहारा लाग्यो
बाँकी सबै बाटोहरु अफ्ट्यारा लाग्यो

सरकार! सुन्दैन बेरोजगारहरुको समस्या
लाग्न त शहरमा ठुला- ठुला नारा लाग्यो

मेरो तिर चकमन्न अध्यारो भएको बेला
उस्कोतिर आकाश भरी जूनतारा लाग्यो

म आफ्नै खुट्टामा उभिने प्रयास गर्दैछु
जब आमा तिम्रो दुधको भारा लाग्यो।।

भरतपुर , चितवन