News Portal

  • कैलालीका दुई वटा नगरपालिकाको २६ किलोमिटर सडक कालोपत्र हुने

    हिमाली संचार संवाददाता
    ३९२ पटक
    २०७७ साउन ३,शनिवार

    काठमाण्डौ । कैलालीका दुई नगरपालिकामा एशियाली विकास बैँकको ऋण सहयोगमा सञ्चालन भएको क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत २६ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको छ। क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइले धनगढी उपमहानगरपालिकामा १० र गोदावरी नगरपालिकामा १६ गरी २६ किलोमिटर सडक कालोपत्र गर्नका लागि सम्झौता गरिएको हो ।

    धनगढीले बजार क्षेत्रका १० किलोमिटरका सात वटा सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको सो एकाइले जनाएको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी चितवनको कालिका कन्ट्रक्सनसँग सम्झौता गरिएको आयोजना कार्यान्वयन एकाइका व्यवस्थापक परिचित कडरियाले बताए। उहाँका अनुसार धनगढीमा पहिलो चरणअन्तर्गत १० किमीका सात वटा सडक ६८ करोड पाँच लाख ९८ हजार रूपैयाँमा निर्माण गर्ने गरी सम्झौता भएको छ।

    धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्म एक दशमलव ३८ किमी, गुल्म–चर्च सडक दुई दशमलव सात किमीको, जाखोर ताल सडक ७०० मिटर, क्याम्पस गेट–चटकपुर सडक तीन दशमलव ६५ किमी, धनगढी-खुटिया-स्याउले सडक ८७० मिटर, मालपोत सडक ४३० मिटरको र हसनपुर सडक एक दशमलव १५ किमीको कालोपत्र गरिने जनाइएको छ।

    एकाइका अनुसार धनगढी उपमहानगरपालिकामा २३ वटा सडक कालोपत्र गर्ने योजना रहेकामा पहिलो चरणमा सात सडक मात्र कालोपत्र हुनेछ। कैलालीको गोदावरीमा लागू भएको आयोजनाअन्तर्गत ४८ करोड बढी लागतमा निर्माण हुने १६ किमी सडक दुई वर्षभित्र कालोपत्र गर्न शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ र कालिका कन्सट्रक्सनबीच ठेक्का सम्झौता भएको छ।

    सम्झौताअनुसार गेटा आँखा अस्पताल–लालपुर, गेटा आँखा अस्पताल–जोनापुर सडक, लालपुर–गौडी सडक, कत्था फ्याक्ट्री सडक, अत्तरिया–नमस्ते होटेल जाने सडक, चौकीडाँडा–चाक्ले खोला सडक कालोपत्र हुनेछ। सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरको भीमदत्त, शुक्लाफाँटा नगरपालिका, कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा एशियाली विकास बैंकको ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना लागू भएको जनाइएको छ। रासस 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...