News Portal

सिद्धार्थ राजमार्ग खुल्यो 

हिमाली संचार संवाददाता
३०९ पटक
साउन २ शुक्रबार २०७७

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै निरन्तर पहिरो खस्दा शुक्रबार बिहानैदेखि अवरुद्ध सडक सुचारु भएको छ । दुवैतर्फबाट सडक डिभिजन पाल्पाले पहिरो सफा गरेपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

उनका अनुसार माथिल्लो भागबाट निरन्तर ढुंगासहितको पहिरो खसेकाले डोजर लगाउन ढिलाइ भएको हो ।

पहिरो सफा गरेपनि जोखिम भने कायमै रहेको उनले बताए । उनले भने, ‘दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको छ । पानी पर्नासाथ फेरि खस्ने जोखिम कायमै छ ।’ राजमार्गको डुम्रे गौडेपुल नजिकैको भीरबाट पााच दिनअघि पनि पहिरो खसेर एक दिन पूरै अवरुद्ध भएको थियो ।

प्रभास प्रहरी चौकी प्रमुख एक्काबहादुर नेपालीका अनुसार जतिबेला पनि पहिरो खस्ने जोखिम कायमै छ । ‘नदेखिने गरी माथिल्लो भागबाट पहिरो खसेको छ,’ उनले भने, ‘पानी पर्ने हो भने रातिको यात्रा कठिन हुनसक्छ ।’ दुई वर्षअघि यही स्थानमा माथिबाट पहिरो खस्दा कार दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो ।

वर्षासागै राजमार्गको दोभान बजार नजिकै पैठेडााडामा लेदोसहितको पहिरो खसेका कारण बन्द भएको सडक पनि सुचारु भएको दोभान प्रहरी चौकी प्रमुख सोमबहादुर सारु मगरले बताए । पााच दिन अघि पनि सोही ठाउामा पहिरो खसेर तीन दिनसम्म राजमार्ग अवरुद्ध भएको थियो ।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...