News Portal

यूएईमा पनि मनाईयो ३८ औं बीपी स्मृति दिवस

हिमाली संचार संवाददाता
५१७ पटक

२०७७ साउन २, शुक्रबार
यूएई – नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति युएईले ३८ औं बीपी स्मृति दिवस मनाएको छ।

जनसम्पर्क समिति अबुधाबी क्षेत्रीय समितिले हिजो साउन १ गते तदनुसार १६ जुलाई २०२० का दिन अबुधाबीको साबियास्थित एभरेष्ट पोईण्ट रेष्टुरेन्टमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे।

क्षेत्रीय सभापति दुर्योधन कार्कीको सभापतित्व तथा केन्द्रिय समितिका कार्यवाहक सभापति एवम् महाधिवेशन प्रतिनिधि चन्द्र सारु मगरको प्रमुख आतिथ्यमा कार्यक्रम सप्पन्न भएको हो।

कार्यक्रममा एनअरएन युएइका कार्यवाहक महासचिव केशव नेपाल, अबुधाबी क्षेत्रीय अध्यक्ष बिश्वदेव शाह त्यसैगरी जनसम्पर्क समितिका सल्लाहकार कृष्ण गौतम, केन्द्रिय सदस्य मनोज सैजु र अतिथिहरुमा समाजसेविहरु महेश श्रेष्ठ, शंकर घिमिरे र शिव गिरी हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी चन्द्र सारु मगरले बिपिको बिचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए।

राजनीतिको साथ साथै साहित्यमा पनि उत्तिकै कलम चलाउने बिपि जस्ता महान सपुतको जति चर्चा गरेपनी कम हुने सारुको भनाइ थियो।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै एनए एनआरएनए अबुधाबी क्षेत्रीय अध्यक्ष बिश्वदेव शाहले बीपीलाई सम्झदै उनको साहित्यिक तथा राजनीतिक उचाईका बारे प्रकाश पार्नुभएको थियो। उहाले बीपीले २०३३ सालमा अंगालेको राष्ट्रिय मेलमिलाप नीति अहिले अत्यन्तै सान्दर्भिक र आबश्यक रहेको बताउनुभयो।

पराईसंग हात जोडेर होईन राजा र दलहरु मिलेर यो देशलाई अघि बढाउनुपर्नेमा जोड दिदै शाहले बीपीले २०३३ सालमा अंगालेको राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गरे बीपीप्रति सच्चा श्रद्धा र सम्मान हुने बताउनुभयो।

नेपाल प्रेस युनियन यूएई शाखाका अध्यक्ष राम कुमार परियारले संचालन गरेको कार्यक्रममा महिला नेतृ पर्मिला पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो।

स्मृति समारोहमा बोल्ने सबै बक्ताहरुले बिपि र बिपिले पुर्याएको योगदानको मुक्तकण्ठले प्रसंसा गर्दै चर्चा गरेका थिए। बिपिको मार्गमा हिड्न सकेमात्रै देश र जनताको भलो हुने बताएका थिए।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...