News Portal

यूएईमा पनि मनाईयो ३८ औं बीपी स्मृति दिवस

हिमाली संचार संवाददाता
५५८ पटक

२०७७ साउन २, शुक्रबार
यूएई – नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति युएईले ३८ औं बीपी स्मृति दिवस मनाएको छ।

जनसम्पर्क समिति अबुधाबी क्षेत्रीय समितिले हिजो साउन १ गते तदनुसार १६ जुलाई २०२० का दिन अबुधाबीको साबियास्थित एभरेष्ट पोईण्ट रेष्टुरेन्टमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे।

क्षेत्रीय सभापति दुर्योधन कार्कीको सभापतित्व तथा केन्द्रिय समितिका कार्यवाहक सभापति एवम् महाधिवेशन प्रतिनिधि चन्द्र सारु मगरको प्रमुख आतिथ्यमा कार्यक्रम सप्पन्न भएको हो।

कार्यक्रममा एनअरएन युएइका कार्यवाहक महासचिव केशव नेपाल, अबुधाबी क्षेत्रीय अध्यक्ष बिश्वदेव शाह त्यसैगरी जनसम्पर्क समितिका सल्लाहकार कृष्ण गौतम, केन्द्रिय सदस्य मनोज सैजु र अतिथिहरुमा समाजसेविहरु महेश श्रेष्ठ, शंकर घिमिरे र शिव गिरी हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी चन्द्र सारु मगरले बिपिको बिचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए।

राजनीतिको साथ साथै साहित्यमा पनि उत्तिकै कलम चलाउने बिपि जस्ता महान सपुतको जति चर्चा गरेपनी कम हुने सारुको भनाइ थियो।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै एनए एनआरएनए अबुधाबी क्षेत्रीय अध्यक्ष बिश्वदेव शाहले बीपीलाई सम्झदै उनको साहित्यिक तथा राजनीतिक उचाईका बारे प्रकाश पार्नुभएको थियो। उहाले बीपीले २०३३ सालमा अंगालेको राष्ट्रिय मेलमिलाप नीति अहिले अत्यन्तै सान्दर्भिक र आबश्यक रहेको बताउनुभयो।

पराईसंग हात जोडेर होईन राजा र दलहरु मिलेर यो देशलाई अघि बढाउनुपर्नेमा जोड दिदै शाहले बीपीले २०३३ सालमा अंगालेको राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गरे बीपीप्रति सच्चा श्रद्धा र सम्मान हुने बताउनुभयो।

नेपाल प्रेस युनियन यूएई शाखाका अध्यक्ष राम कुमार परियारले संचालन गरेको कार्यक्रममा महिला नेतृ पर्मिला पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो।

स्मृति समारोहमा बोल्ने सबै बक्ताहरुले बिपि र बिपिले पुर्याएको योगदानको मुक्तकण्ठले प्रसंसा गर्दै चर्चा गरेका थिए। बिपिको मार्गमा हिड्न सकेमात्रै देश र जनताको भलो हुने बताएका थिए।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...