News Portal

धरानको बुद्धचोकमा चिण्डोको प्रतिमा अनावरण

हिमाली संचार संवाददाता
४३७ पटक
२०७७ साउन २, शुक्रवार

दिलीप राई, धरान । धरान उपमहानगरपालिका धरानको वडा नं १८ बुद्धचोक स्थित किरातीहरुको महत्वपूर्ण मानिएको विशेष साँस्कृतिक सामग्री चिण्डोको प्रतिमा स्थापना गरेका छन् । धरान–चतरा सडकखण्ड अन्तर्गत पर्ने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सडकखण्ड पर्ने बुद्ध चोकमा बुधबार एक विशेष कार्यक्रमबीच भाषाविद् प्रा.डा.टंक न्यौपानेको विशेष उपस्थितिमा चिण्डोको प्रतिमा अनावरण गरेका हुन ।

चिण्डो निर्माण गर्न करिब १४ लाख लागत रहेको थियो । यसका लागि स्थानीय दाता र वडा कार्यालयको बजेटबाट यो प्रतिमा बनेको हो । कलाकार महेन्द्र राईले बनाएको चिण्डो फ़ाइबर जस्ता सामाग्री प्रयोग गरेर बनाएका हुन् । यसको ५ फिट ४ इञ्च, ९ फिट अग्लो उचाई रहेको छ ।

चिण्डोको वरीपरी चारैतिर किराती सँस्कृती झल्काउने यलम्बर, सुम्निमा-पारुहाङ, साकेला नाच, च्याब्रुङ नाच, ढोल झ्याम्टा, सिलिमा पोमीलगायत सँस्कृति झल्काउने बस्तु जस्ता महत्वपूर्ण कला कुदिएका छन् । चिण्डो किरातीहरुको सम्पूर्ण कार्यहरुमा आवश्यक पर्ने महत्वपूर्ण सामग्री हो । किरातीहरुले चिण्डोभित्र चोखो रक्सी राखेर आफ्नो महत्वपूर्ण संस्कारमा प्रयोग गर्छन् । चिण्डोको अनावरण अघि विधिवतरुपमा किरात संस्कार अनुसार मुन्धुम विधि गरिएको थियो । मुन्धुम विधि गर्ने नाक्छोलाई किरात राई यायोक्खाका केन्द्रीय उपमहासचिव शुभचन्द्र राईले फेटा गुथेर सम्मान समेत गरेका थिए, फेटा किरात समुदायको उच्च सम्मान हो । 

कार्यक्रममा प्रमुख अतिथि डा.न्यौपानेका अनुसार चिण्डो प्राचीन किराती सँस्कृति, सँस्कृतिको संरक्षण साथै संस्मरण पनि गराएको बताए । बहुसंस्कृतिमा मात्र राष्ट्रियता झल्कने डा.न्यौपानेको भनाई थियो । ‘साँस्कृतिक चेतना र साँस्कृतिक विकासको उदाहरणको रुपमा अनावरण भएको चिण्डोलाई लिन सकिन्छ । 

नगरका मेयर तिलक राईले पनि सबैको संस्कार, सँस्कृतिलाई समानरुपमा सम्मान गरिने बताए । विगतमा बुद्धचोकमा बुद्धको मुर्ति राख्ने भन्दा बौद्ध धर्मावलम्बीबाट नै फोहोर मैला र अशुद्ध हुने भएको कारण राख्न नहुने सल्लाह आएकाले वहाँहरु पछि हटेको उनको भनाई थियो । ‘म पनि यही बुद्धचोकमा जन्मिए, हुर्किए । मलाई अगाध माया, स्नेह छ,’चोकको नाममा भएको विवादबारे लक्षित हुदै उनले भने,‘बुद्धको मुर्ति हटाएर वाबु राखिएको होइन । सबैको संस्कार, सँस्कृतिलाई उतिकै मान-सम्मान गर्नुपर्छ, र गछौं ।’

यस प्रतिमा निर्माण समितिका अध्यक्ष बृष चाम्लिङ राईका अनुसार चोकमा चिण्डो निर्माण स्थापना गर्नेबारे २०७० सालदेति नै स्थानीयबासीहरुमा छलफल भएको थियो । स्थानीय दाता स्वर्गीय नरप्रसाद राईको परिवारबाट पनि सहयोग भएको जानकारी समेत दिएको थिए । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...