News Portal

पर्यटन क्षेत्रलाई नखोले आन्दोलन जाने पर्यटन व्यवसायीहरुको चेतावनी

हिमाली संचार संवाददाता
४१२ पटक
साउन १ बिहीबार २०७७

काठमाडौं – सरकारले पर्यटन क्षेत्रलाई नखोले चरणवद्ध आन्दोलनमा जाने पर्यटन व्यवसायीहरुले बताएका छन् । पर्यटन क्षेत्रबाहेकका सबै क्षेत्र खोलिसक्दा पनि पर्यटन क्षेत्रलाई बन्द गरिएको भन्दै विस्तारै खोल्ने नीति नलिए आगामि सातादेखि चरणबद्ध आन्दोलनमा जाने व्यवसायीहरुले बताएका छन् ।

‘टुरिजम अम्ब्रेला एसोसिएसन’ले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पर्यटन व्यवसायीहरुले सरकारले पर्यटन क्षेत्रलाई तत्काल खोल्न नचाहेको बताउँदै विस्तारै खोल्ने नीति नलिए आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टसका अध्यक्ष अच्युत गुरागाईले पर्यटन क्षेत्रलाई विस्तारै खोल्दै जाने नीति नलिए आगामी सातादेखि चरणवद्ध आन्दोलनमा जाने बताए ।

यरलाइन्स अपरेटर एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले स्वास्थ्य सुरक्षाको सावधानीका उपायहरु अपनाएर आन्तरिक र बाह्य उडानलाई खोल्नुपर्ने बताए ।

होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले एशिया प्रसान्त क्षेत्रका धेरै देशहरुले पर्यटन क्षेत्रलाई खोलिसकेको अवस्थामा नेपालले नखोले पछाडि पर्ने बताए । उनले कोभिड १९समस्या तुरुन्तै समाधान नहुने भएकाले कोभिड सँगै जीउने गरी पर्यटन क्षेत्रलाई खोल्नुपर्ने बताए ।

व्यवसायीहरुले हवाई सेवा समग्र पर्यटन गतिविधिको आधार भएकाले सन २०२० अगष्ट १ देखि आन्तरिक हवाई उडान र अगष्ट १५ देखि अन्तराष्ट्रिय उडान नियमित तालिका अनुसार सुचारु गर्न माग गरेका छन् ।

त्यस्तै पर्यटकीय सवारी साधनहरु स्वास्थ्य सुरक्षा सम्बन्धी उपायहरु पालना गरी निर्वाध रुपमा सञ्चालन गर्न दिन र पर्यटकीय क्षेत्र, गन्तव्य, सेवा तथा बजारीकरणका आधारहरु विस्तारै सुचारु गर्न माग गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...