आज : २०२६-०६-२४, बुधबार

यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त हेलिकोप्टर

गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर ९ एन-एएलएस सम्पर्कविहीन भयो । पाइलटसहित सात जना सवार हेलिकोप्टर सामागाउँ क्रस गरेपछि सम्पर्क विहीन भएको थियो ।

हेलिकोप्टर दुर्घटना परेको तर, आफू सुकुशल रहेको भन्दै एक यात्रुले फोन पनि गरे । तर, दुर्घटनास्थल पत्ता लगाउन मुस्किल पर्‍यो ।

उनको फोनका आधारमा दुर्घटनास्थल धादिङ लोकेट गरिएको थियो । तर, सीमा जोडिएको मेघाङ गाउँपालिका १ बर्सङचेत मैलुङपाखाको घनाजंगलमा हेलिकोप्टर भेटिएको छ ।

दुघर्टनास्थलमा पुगेका सुकराम तामाङले दुर्घटनाग्रस्त हेलिकोप्टरको तस्वीर खिचेका छन्

अनलाइनखबर