News Portal

नेपालको एक मात्र संरक्षित क्षेत्र क्राकेबिहार संरक्षणमा जुटे स्थानिय

जरायोको आहाराकालागि सुपर नेपियर घाँस रोपियो

हिमाली संचार संवाददाता
७४५ पटक

२०७७ असार ३१, बुधबार
वीरेन्द्रनगर – नेपालको एक मात्र संरक्षित क्षेत्र र बिश्व संम्पदा सूचिमा सूंचिकृत सुर्खेतको क्राकेबिहार क्षेत्रमा जरायोलाई लक्षित गरेर सुपर नेपियर घाँस रोपिएको छ।

बीरेन्द्रनगर ९ लाटिकोइलीका युवाहरुको सक्रियतामा जन्ती साल क्षेत्रमा १५ सय सुपर नेपियर घाँसका बिरुवा रोपिएको हो।

चारैतिर आवादी रहेको चरिचरणको अभावका कारण वन्य जन्तु जरायोलाई लक्षित गरि घाँस रोपिएको स्थानिय युवा बसन्त गिरीले जानकारी दिनुभयो।

रेडियो भेरिका केशव कोइरालालले एक हजार बिरुवा र सुगारिका कृर्षी फर्मका सुशील केसीले पाँच सय बिरुवा सहयोग गरेको अर्का युवा सनम गिरीले बताउनु भयो।

तीन महिनाभित्र यो बिरुवा जरायोकोलागि खान उपयुक्त हुने बिज्ञहरुले बताएका छन। वडाध्यक्ष सुरेश मान्नधर, ॠषि गिरि, नारायण जिसी, मेघराज गिरी केशव गिरी तारा राष्कोटी लगाएतले संयुक्त रुपमा बिरुवा रोप्नु भएको हो।

कार्यक्रममा वडाध्यक्ष सुरेश मान्नधरले यो वर्ष काक्रेबिहारको चारैतिर कम्पाउन्ड वाल लगाउने तयारी गरिएको बताउनु भएको छ।

यसले चरिचरणकालागि जरायो लगाएतका वन्य जन्तुकालागि निकै प्रभावकारी हुने बिश्वास गरिएको बताउनु भयो।

यसैगरी ॠषि गिरिले यस बिरुवाको अनेत्र पनि माग भएकाले यसलाई व्यवसायिक रुपमा लैजान सकिने बताउनु भयो। संरक्षणमा लागेका समूहले यसका बिरुवा बेचेर आम्दानी लिन सक्ने उहाँको भनार्इ छ।

स्थानिय युवा नारायण जिसीले पहिलो चरणमा परिक्षणको रुपमा १५ सय बिरुवा लगार्इएको बताउनु भयो। उहाँले दोस्रो चरणमा अरु बिरुवा पनि रोप्ने योजना रहेको बताउनु भयो।

कार्यक्रममा काक्रेबिहार संरक्षण समितिका अध्यक्ष चन्द्रा श्रेष्ठ कुन्ति पन्त लगाएतका महिलाको पनि सहभागिता रहेको थियो।

यस्तै शिसान्त गिरि,अनमोल श्रेष्ठ, अनिल दाहाल, रमेश थापा, सुरेश महतरा, नवराज कार्की, प्रदिप रोकाय, नविन गिरि, रोशन कालीराजलगायत संरक्षणमा जुटेका युवाका साथै हाम्रो समाज लाटीकोइलीका प्रतिनिधिहरुको पनि उलेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा रमेश गिरी हेमन्त गिरी राजन गिरी पद्मा गिरी लगाएत यातायात तथा खाजा र पानीको सहयोग गर्नुभएको हो।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...