News Portal

सुर्खेतमा प्रहरीद्वारा कुटिए कोरोना संक्रमित एक युवा

हिमाली संचार संवाददाता
१६०४ पटक

२०७७ असार ३०, मंगलबार
नगेन्द्र उपाध्याय/सुर्खेत – कोरोना संक्रमित एक व्यक्तिलाई प्रहरीले मरणासन्न हुने गरेर कुटपिट गरेको छ। पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित बागेश्वरी माविको क्वारेन्टिनमा राखिएका सोही गाउँपालिका–८ का युवकलाई प्रहरीले कुटपिट गरेको हो।

भारतबाट आएर दुई सातादेखि क्वारेन्टिनमा रहेका युवक सोमबारसँगै बसेका साथीहरुसँगै घर जान खोज्दा इलाका प्रहरी कार्यालय बादेपिपलका प्रहरी सहायक निरीक्षक विजय पुनले कुटपिट गरेका थिए।

असई पुनको कुटाइबाट युवक गम्भीर घाइते छन्। उनको शरीरभरी निलडाम छ। प्रहरीको कुटाईबाट पीडित युवकले आफ्नो हात भाँचिएको बताएका छन्।

आफन्तले उपचारका लागि अस्पताल लैजना माग गरेपनि  स्थानीय तहलेसमेत वेवस्ता गरेर घटनालाई गुपचुप राखेको छ।

गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीकै उपस्थितिमा पीडित परिवार र प्रहरीबीच ‘कोरोना सन्चो भएपछि’ उपचार गर्ने सहमति गराइएको छ।

गाउँपालिका अध्यक्ष केसीले दुई सातादेखि क्वारेन्टिनमा रहेका युवकको सोमबार पोलिमेरीज चेन रियाक्सन (पीसीआर) परीक्षण गर्दा कोरोना देखिएको बताए।

भारतबाट संगै आएका उनका साथीहरुमा कोरोना देखिएन्। उनी साथीहरुसँगै घर जान खोज्दा क्वारेन्टिन सुरक्षामा अटिएका असई पुनले कुटपिट गरेका थिए।

‘शरीरका विभिन्न ठाउँमा चोट देखिन्छ,’ गाउँपालिका अध्यक्ष केसीले भने, ‘तपाईले सुनेजस्तो अवस्था गम्भीर भने छैन्।’

इलाका प्रहरी कार्यालय बादेपिपलका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक नरबहादुर क्षेत्री गाउँपालिका अध्यक्षको उपस्थितिमा पीडित परिवारसँग संझौता भइसकेको बताए।

‘कोरोना पोजेटिभ व्यक्तिलाई उपचार गराउनका लागि बाहिर लिन अहिले संभव नभएकाले सामान्य उपचार गरेर आइसोलेसनमा राखेका छौं,’ उनले भने, ‘कोरोना सन्चो भएपछि उपचार गरिदिने गरेर पीडित वरिवारसँग सहमति भइसकेको छ। उनले क्वारेन्टिनमै मदिरा सेवन गरेर भाग्न खोजेपछि प्रहरीले लाठीले हानेको बताए।

‘कुटाई खाएका व्यक्तिलाई हिजोको तुलनामा आज केही निको (सन्चो) भएको छ,’ उनले भने, ‘गाउँपालिका अध्यक्ष, वडाध्यक्षको रोहवरमा पीडित परिवार र प्रहरीबीच संझौता भइसकेको छ, यो कुरालाई बाहिर नल्याउनु होला।’

इलाका प्रहरी कार्यालय बादेपिपलले कोरोना संक्रमित व्यक्तिलाई असई पुनले कुटपिट गरेको पुष्टि गरेपनि जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने कुटपिटनै नभएको दावी गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामकुमार घर्तीले कोरोना संक्रमित व्यक्ति घर जान खोज्दा सम्झाएर आइसोलेसनमा राखिएको बताए। ‘कुटपिट भएकै छैन्,’ उनले भने, ‘सम्झाएर आइसोलेसनमा मात्रै राखेका छौं।’

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...