News Portal

व्यवसायीहरुले मुख्यमन्त्री शाहीलाई बुझाए मागपत्र

हिमाली संचार संवाददाता
४११ पटक

२०७७ असार २९, सोमबार
सुर्खेत – आफ्ना मागको सुनुवाई नभएको भन्दै आन्दोलनमा उत्रेका सुर्खेतका व्यवसायीहरुले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मागपत्र बुझाएका छन।

उनीहरुले २७ बुँदे मागपत्रसहित साङ्केतिक साँचो पनि बुझाएको बताएका छन। आज बजार बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायीले ठाउँठाउँमा बैंकिङ कारोबार बहिष्कार गरिएको ब्यानरसमेत टाँसेका छन्।

संयुक्त संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका व्यवसायीले बन्दाबन्दी खुलेको एक हप्तामै बैंकको ब्याज तिर्न नसक्ने भएकाले आन्दोलनमा गर्न बाध्य भएको दाबी गरेका छन। सरकारले व्यवसायीलाई राहत उपलब्ध गराउनुको सट्टा कर तथा ब्याज तिर्न भनेको उनीहरुको गुनासो छ।

सरकारले राहत उपलब्ध नगराए थप चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने व्यवसायीले चेतावनी दिएका छन्।

बीरेन्द्रनगरमा भएको विरोध सभामा नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बन्दाबन्दीले थला परेका व्यवसायीहरुलाई बैंकबाट व्याज तिर्न दवाव आएको बताउनु भयो।

उहाँले व्यवसायीले व्याज तिर्ने भन्दै यसकालागि केहि समय पर्खनुपर्ने बताउनु भयो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...