आज : २०२६-०६-१०, बुधबार

नेपालकै पहिलो मौसमी राडार बिग्रियो

२०७७ असार २८, आइतबार
वीरेन्द्रनगर – देशभर बाढी पहिरोले जनधन क्षति गरिरहको बेला सुर्खेतको रातानाङ्ला डाँडामा रहेको नेपालकै पहिलो मौसमी राडार बिग्रिएको एक महिना हुदाँ पनि संचालनमा आउन सकेको छैन।

जेठ अन्तिम साता चट्याङले जेनेरेटर र युपीएस बिग्रेपछि विपदका बेला मौसम सम्बन्धी पूर्वसूचना दिने मौसमी राडार बिग्रिएको हो।

जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका निमित्त प्रमुख विनोद पराजुलीले नयाँखालको प्रविधि सञ्चालन गर्न दक्ष प्राविधिक कर्मचारी नहुँदा नियमित सञ्चालन गर्न नसकिएको बताउनु भयो।

मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमै पहिलोपटक जडान गरिएको हो।

राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, असिना, हिउँ, चट्याङ, बाढी लगायत जोखिमको पूर्वानुमान गर्न सक्छ भएकाले मौसमी प्रतिकूलताका कारण हुने प्राकृतिक जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग गर्छ।

राडारले कर्णालीमा हवाई यात्राको अवस्थाबारे सहयोग गर्नुका साथै कृषकलाई समेत बालीनाली लगाउन मद्दत पु¥याउने सरकारी दाबी छ। यसले साविकको मध्य तथा सुदूरसहित पश्चिमाञ्चल र भारतको केही क्षेत्रलाई समेत समेट्ने गरेको छ।