News Portal

सुर्खेतका व्यवसायीद्वारा आन्दोनल गर्ने घोषणा

हिमाली संचार संवाददाता
४७७ पटक

२०७७ असार २७, शनिबार
वीरेन्द्रनगर – सुर्खेतका उद्योगी, व्यवसायीहरुले पुर्णरुपमा बन्दाबन्दी नखुल्दै सरकारले करतिर्न र बैकंहरुले ॠण बुझाँउन ताकेता गरेको भन्दै चरणबद्ध रुपमा आन्दोनल गर्ने घोषणा गरेका छन।

४ महिना लामो बन्दाबन्दीले व्यवसायीहरु धरासायीमा परेको समयमा बैकंले किस्ता र ब्याज बुझाँउन ताकेता गरेको व्यवासयीहरुले गुनासो गरेका छन।

आज संयुक्त संघर्ष समितिले बीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

उनिहरुले उद्योग व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको र आर्थिक क्षेत्र धरासायी भएको महिनौदिनसम्म बन्बाबन्दी भएको अवस्थमा बैकं तथा वित्तिय सवा र किस्ताका लागि ताकेता गर्दा व्यवसायीहरु मर्कामा परेका बताएका छन।

समितिका संयोजक गणेशकुमार बस्नेतले राज्यले व्यवसायीहरुको कुरा नसुनेको भन्दै दबाब दिनकै लागी बाध्यभएर संघर्षका कार्यक्रमहरु घोषणा गर्नुपर्ने बताउनु भएको छ।

उहाँले अहिलेको अवस्थामा आफुहरुको कर र बैकंको किस्ता बुझाँउन सक्ने अवस्थामा नरहेको भन्दै आफुहरुको मागको प्रति राज्य गम्भिर हुनुपर्ने जिकिर गर्नुभयो।

संयोजक बस्नेतले बन्दाबन्दी केही खुकुलो भएपनि होटल रेष्टुरेन्ट, सार्वजनिक यातायात, शैक्षिक संस्था लगायतका ठुलो लगानीका व्यापार व्यवसायी अहिलेपनि पुर्ण रुपमा बन्द रहेको अवस्थामा राज्यले आफुहरुलार्इ कर तिर्नु भन्नु गैरजिम्मेवार भएको उल्लेख गर्नुभयो।

संघर्ष समितिले भोली दिउँसो १ बजे मंगलडीचोकबाट विरोध र्याली सहित राष्ट्र बैकंको कार्यालयमा मागपत्र बुझार्इ एक घन्टा धर्ना दिने कार्यक्रम रहेको जनाएको छ।

त्यसपछिका कार्यक्रमहरु भने भोली नै सार्वजनिक हुने संयोजक बस्नेतको भनार्इ छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...