News Portal

सुर्खेतका व्यवसायीद्वारा आन्दोनल गर्ने घोषणा

हिमाली संचार संवाददाता
४३९ पटक

२०७७ असार २७, शनिबार
वीरेन्द्रनगर – सुर्खेतका उद्योगी, व्यवसायीहरुले पुर्णरुपमा बन्दाबन्दी नखुल्दै सरकारले करतिर्न र बैकंहरुले ॠण बुझाँउन ताकेता गरेको भन्दै चरणबद्ध रुपमा आन्दोनल गर्ने घोषणा गरेका छन।

४ महिना लामो बन्दाबन्दीले व्यवसायीहरु धरासायीमा परेको समयमा बैकंले किस्ता र ब्याज बुझाँउन ताकेता गरेको व्यवासयीहरुले गुनासो गरेका छन।

आज संयुक्त संघर्ष समितिले बीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

उनिहरुले उद्योग व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको र आर्थिक क्षेत्र धरासायी भएको महिनौदिनसम्म बन्बाबन्दी भएको अवस्थमा बैकं तथा वित्तिय सवा र किस्ताका लागि ताकेता गर्दा व्यवसायीहरु मर्कामा परेका बताएका छन।

समितिका संयोजक गणेशकुमार बस्नेतले राज्यले व्यवसायीहरुको कुरा नसुनेको भन्दै दबाब दिनकै लागी बाध्यभएर संघर्षका कार्यक्रमहरु घोषणा गर्नुपर्ने बताउनु भएको छ।

उहाँले अहिलेको अवस्थामा आफुहरुको कर र बैकंको किस्ता बुझाँउन सक्ने अवस्थामा नरहेको भन्दै आफुहरुको मागको प्रति राज्य गम्भिर हुनुपर्ने जिकिर गर्नुभयो।

संयोजक बस्नेतले बन्दाबन्दी केही खुकुलो भएपनि होटल रेष्टुरेन्ट, सार्वजनिक यातायात, शैक्षिक संस्था लगायतका ठुलो लगानीका व्यापार व्यवसायी अहिलेपनि पुर्ण रुपमा बन्द रहेको अवस्थामा राज्यले आफुहरुलार्इ कर तिर्नु भन्नु गैरजिम्मेवार भएको उल्लेख गर्नुभयो।

संघर्ष समितिले भोली दिउँसो १ बजे मंगलडीचोकबाट विरोध र्याली सहित राष्ट्र बैकंको कार्यालयमा मागपत्र बुझार्इ एक घन्टा धर्ना दिने कार्यक्रम रहेको जनाएको छ।

त्यसपछिका कार्यक्रमहरु भने भोली नै सार्वजनिक हुने संयोजक बस्नेतको भनार्इ छ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...