News Portal

असोज ३ गते कालो दिवस मनाउँछौं : मन्त्री सोनल

हिमाली संचार संवाददाता
७३० पटक

श्रवण देव
सप्तरी – आगामी असोज ३ गतेलाई उत्सवको रुपमा मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीलाई आह्वान गरिसकेका छन् । उनले त्यस अनुसारको तयारी गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।

तर, प्रदेश २ मा उत्सवभन्दा बिरोधको रुपमा मनाउने तयारी गरिएको छ । संविधान दिवसलाई ‘कालो दिवसको रुपमा मनाउन प्रदेश २ का मन्त्रीहरुले जोड् दिन सुरु गरेका छन् । प्रदेश २ को मन्त्रीमण्डलमा सहभागी रहेका राष्ट्रिय जनता पार्टी (राजपा) का एक मन्त्रीले आफ्नो पार्टीले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउनुपर्ने बताएका छन् ।

‘संविधान सर्वस्वीकार्य हुन सकेको छैन, यसका लागि संशोधनको जरुरी छ,’ प्रदेशका भौतिक योजना तथा निर्माणमन्त्री जितेन्द्र सोनलले अनलाइनखबरसँग भने, ‘पार्टीले यस दिन कालो दिवस मनाउनुपर्छ ।’

पार्टीको शनिबार बैठकको आयोजना गरिने बैठकमा असोज ३ लाई कालो दिवसको रुपमा मनाउने बिषयमा छलफल हुने जानकारी उनले दिए ।

पार्टीले आयोजना गर्ने कालो दिवसमा आफू पनि सहभागी हुने बताउँदै उनले राजपाले हालसम्म संविधान स्वीकार्य नगरेको दावी गरे ।प्रदेश सरकारमा सहभागिता जनाएको राजपाले संघीय सरकारलाई पनि समर्थन दिइसकेको छ ।

यस्तै असोज ३ गते प्रदेश सरकारले के गर्छ ? भन्ने प्रश्नमा मन्त्री सोनलले भने, ‘यस बिषयमा बैठक बसेर छलफल गर्‍छौं ।’ प्रदेश सरकारको बस्ने बैठकले असोज ३ गतेको बिषयमा छलफल गर्ने उनले बताए ।

असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउन छुट्टै देशको माग गर्दै आएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतले पनि सामाजिक संजालमा आ्हवान गर्दै आएका छन् । गठबन्धनले प्रदेशको राजधानी जनकपुरमै बिरोध कार्यक्रम गर्ने बताउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...