News Portal

असोज ३ गते कालो दिवस मनाउँछौं : मन्त्री सोनल

हिमाली संचार संवाददाता
७४७ पटक

श्रवण देव
सप्तरी – आगामी असोज ३ गतेलाई उत्सवको रुपमा मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीलाई आह्वान गरिसकेका छन् । उनले त्यस अनुसारको तयारी गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।

तर, प्रदेश २ मा उत्सवभन्दा बिरोधको रुपमा मनाउने तयारी गरिएको छ । संविधान दिवसलाई ‘कालो दिवसको रुपमा मनाउन प्रदेश २ का मन्त्रीहरुले जोड् दिन सुरु गरेका छन् । प्रदेश २ को मन्त्रीमण्डलमा सहभागी रहेका राष्ट्रिय जनता पार्टी (राजपा) का एक मन्त्रीले आफ्नो पार्टीले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउनुपर्ने बताएका छन् ।

‘संविधान सर्वस्वीकार्य हुन सकेको छैन, यसका लागि संशोधनको जरुरी छ,’ प्रदेशका भौतिक योजना तथा निर्माणमन्त्री जितेन्द्र सोनलले अनलाइनखबरसँग भने, ‘पार्टीले यस दिन कालो दिवस मनाउनुपर्छ ।’

पार्टीको शनिबार बैठकको आयोजना गरिने बैठकमा असोज ३ लाई कालो दिवसको रुपमा मनाउने बिषयमा छलफल हुने जानकारी उनले दिए ।

पार्टीले आयोजना गर्ने कालो दिवसमा आफू पनि सहभागी हुने बताउँदै उनले राजपाले हालसम्म संविधान स्वीकार्य नगरेको दावी गरे ।प्रदेश सरकारमा सहभागिता जनाएको राजपाले संघीय सरकारलाई पनि समर्थन दिइसकेको छ ।

यस्तै असोज ३ गते प्रदेश सरकारले के गर्छ ? भन्ने प्रश्नमा मन्त्री सोनलले भने, ‘यस बिषयमा बैठक बसेर छलफल गर्‍छौं ।’ प्रदेश सरकारको बस्ने बैठकले असोज ३ गतेको बिषयमा छलफल गर्ने उनले बताए ।

असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउन छुट्टै देशको माग गर्दै आएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतले पनि सामाजिक संजालमा आ्हवान गर्दै आएका छन् । गठबन्धनले प्रदेशको राजधानी जनकपुरमै बिरोध कार्यक्रम गर्ने बताउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...