News Portal

कविता : अदालतमा मुर्दाको वकपत्र

हिमाली संचार संवाददाता
१२५५ पटक

– युवराज काफ्ले इ-वन

श्रीमान्
कोही निर्दोषले सजाय पाउनु अगाडि
पोस्मार्टमको बाहानामा मेरो शरीर चिरेर
मुर्दाघरमा पुर्याइनु भन्दा पहिल्यै
म स्वयं मेरो मृत शरीर लिएर उपस्थित भएको छु
सम्मानित अदालतको यो कठघरामा ।
मेरो मुद्दाको बादी र प्रतीबादी म आफै हुँ
वकालत म आफै गरिरहेको छु ।
आदेस होस् श्रीमान् !
म आफैले गरेको मेरो आफ्नै हत्याको वकपत्र
सम्मानित अदालत सामु प्रस्तुत गर्द्छु ।

श्रीमान्
मेरी आमाको गर्भबाट बाहिर निस्किदा
म खेतको आलीमा थिएँ ।
आफू ‘झन्डै’ मरेको बिर्सिएर
म ‘धन्न’ बाँचेको सम्झिएपछि आमा मुस्कुराइन्
म रोएँ ।
धान बोक्ने डालोमा सन्तान बोकेर घर पुग्दा
मेरी आमाको सुत्केरी पीडा हराएको थियो ।
आमाको छाती चुसेर म “मान्छे” हुन पाएँ
आज मेरी आमाको स्तनबाट
दूध आउदैन श्रीमान् !
-रगत मिसिएको बाक्लो पिप बग्छ ।
प्रमाण चाहिन्छ भने
गएर हेर्नू
मेरो घरै छेउको खोल्सामा
पिप पुछ्दै फालिएका थांङ्ग्ना र कागजहरूमा ।
जहाँ अहिले झिँगाहरुको साम्राज्य बनेको छ ।
श्रीमान्,
मेरी आमाले भएभरका फरिया र चोली
पिप पुछेरै सकिन्,
आफू नाङ्गिएको सम्म हेक्का भएन उनलाई
तर
चन्द्र र सुर्यको सेतो चित्र भएको
किनारामा निलो रङ्गाइएको
एउटा रातो कपडा
कहिल्यै चलाइनन् ।
बरु सजाएर राखिन् घरको मुल ढोकामा ।

श्रीमान्,
पिप पुछेरै मेरी आमाले लालपुर्जा सकिन्,
जन्मदर्ता र बिवाहदर्ताका प्रमाणपत्र पनि सकिन्
बा’को मृत्युदर्ताको प्रमाणपत्रले पनि पिप पुछिन्
पिप पुछ्न अरु केही कागज नभेटेपछि
आफ्नै नागरिकको प्रमाणपत्रले पनि पुछिन्
तर,
“राष्ट्रियगान” लेखिएको एउटा कागजको टुक्रो
सँधै जोगएर राखिन् ।
प्रमाणपत्रहरू सकिएर खाली भएको
थोत्रो काठको बाकसमा ।

मेरी आमाले यस्तो ‘जघन्य अपराध’ गर्दा पनि
कानुनको आँखा नपरेपछि
सरकारले कारवाही नगरेपछि
मैले सहनै नसकेर,
म आफैले गरेको हुँ, मेरो हत्या ।

श्रीमान्,
यो सम्मानित अदालतमा एउटा बिन्ती टक्र्याउछुँ
मेरी आमाले मुलढोकामा सजाएको
सेतो चन्द्र सुर्य अंकित रातो कपडा जलाएर
खरानीले स्तनको घाउ पुरेर
बाहिरबाट “राष्ट्रियगान” लेखिएको
कागजले टाल्नु भन्दा अगाडि नै
सके हत्या गरिदिनु, नसके अस्पताल पुर्याइदिनु ।

उर्लाबारी, मोरङ्ग

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...