News Portal

हुलाकी सडकमा बाईपास बाटाेसमेत बिग्रदा स्थानीयलाई सास्ती

हिमाली संचार संवाददाता
५७६ पटक

२०७७ असार १९, शुक्रबार
रबिन्द्र बराल – माेरङकाे रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत हुलाकी सडक हिलाम्मे हुदा सर्वसाधारणहरुलेे सास्ती बेहोर्न बाध्य भएका छन।

केही दिन देखिकाे अबिरल बर्षाका कारण स्थानीयलाई आवतजावतमा समस्या परेकाेे छ। गजुरमुखि मोतीदान जेभि बानेश्वरले सुनबर्सिकाे झिङ्गि टाेलदेखि रतुवाखाेलाकाे पुलसम्म र धनपालथना गाउँपालिकाकाे मंङ्लबारेदेखि कटहरीसम्मकाे सडक निर्माण गर्ने सुरु गरेता पनि अधिकान्स सडकमा बाईपास सडक भने जिर्ण रहेको छ।

जिर्ण रहेका वाईपास सडकमा सुनबर्सि नगरपालिकाकाे झपर्तल चाेक, धनपालथनाकाे कदमाहा चाेक अत्यन्तै कष्टकर रहेको यात्रुहरु बताउँछन्।

ठेक्केदारकाे लापरबाहीका कारणले गर्दे स्थानीयले दुख पाएकाे र बाईपास बाटाे समेत खाेला बगेपछि उक्त स्थानबाट आवतजावतमा निकै समस्या परेको मारुती चालक दिपेेन मंन्डलले बताए।

साे हुलाकी सडक निर्माण गर्ने क्रममा बाईपास बाटाे समेत राम्रो नभएको कारणले गर्दा ठुला तथा साना सवारीसाधन साईकल, माेटरसाईकल तथा पैदल यात्रीहरुलाई आवतजावत गर्दा निकै समस्या परेको उनलेे बताए।

गजुरमुखि मोतीदान जेभि बानेश्वरका क्न्ट्याक मेनेजर राजेश बाेहराका अनुसार बाईपास बाटाेे बनाएता पनि उक्त सडक हिलाम्मे भएको स्यईकार गर्दे अब चाडैं नै अधिकान्स स्थानमा कल्भटहरु निर्माण भईसकेकाे र अबकाे केही दिनमा उक्त कल्भटहरु सन्चालनमा ल्याउने तयारी भईरहेकाे बताए।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...