News Portal

कर्णालीमा पनि भित्रीयो सलहको झुन्ड

हिमाली संचार संवाददाता
४५७ पटक

२०७७ असार १६, मंगलबार
सुर्खेत – सुर्खेतमा पनि सलहको एक झुन्ड आइपुगेको छ। लेकवेसी नगरपालिका–३ दशरथपुरका केही स्थानमा सलहको सानो झुण्ड देखिएको कृषि अनुसन्धान केन्द्र दशरथपुरका सूचना अधिकारी केशवराज पोखरेलले जानकारी दिनुभयो।

उहाँले दशरथपुरमा आज बिहानैदेखि सलहको सानो समूह घुमिरहेको भन्दै सानो बथान भएकाले आत्तिनुपर्ने कारण नभएको बताउनुभयो।

दशरथपुरमा सानो समूह देखिए पनि कर्णाली प्रदेशमा सलहको बथान प्रवेश गरिसकेको हुनसक्ने पोखरेलको अनुमान छ। यसैबीच सुर्खेतमा सहलको सानो समूह देखिएसँगै कर्णाली प्रदेशले उच्च सतर्कता अपनाएको छ।

सलहलाई धपाउने उपायको खोजी गर्दै १० वटै जिल्लामा कार्यालय, कृषिसँग सम्बन्धित गैरसरकारी संघसंस्था र किसानलाई उच्च सतर्क बनाइएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ हरिप्रसाद पण्डितले सलह नियन्त्रणका लागि प्रदेशसँग छुट्टै उपाय नभएको तर यसलाई धपाउने र नियन्त्रण गर्नका लागि कृषिसँग काम गर्ने सबैसँग समन्वयको प्रयास भइरहेको जिकिर गर्नुभयो।

उहाँले १० वटै जिल्लाका कृषि कार्यालयलाई तयारी अवस्थामा रहेको भन्दै धानको बीउ छोप्न र ड्रम बजाउन किसानलाई सुझाव दिएको छ।

यसैबीच सलह किरा नियन्त्रणका लागि सुर्खेतमा विशेष तयारी अपनाइने भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुर्खेतमा पावर स्प्रेदेखि विषादी तथा गाडीसम्म तयारी अवस्थामा राखिएको छ।

किरा नियन्त्रणका लागि एग्रोभेट व्यवसायी संघ, सुर्खेतले विषादी तयारी अवस्थामा राख्ने छ। त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बराहताल, पञ्चपुरी र चौकेन गाउँपालिकामा प्रचार– प्रसार र जनचेतनामूलक कार्यक्रम गर्नेछ।

किसान टुले लेकवेसी, गुर्भाकोट, वीरेन्द्रनगर र पञ्चपुरीका किसानहरुलाई सलह धपाउन जनचेतना फैलाउने छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...