News Portal

सीमा नाकाको होल्डिङ्ग सेन्टरमा ठकुरीको सहयोग

हिमाली संचार संवाददाता
४९० पटक

२०७७ असार १४, आइतबार
नेपालगन्ज – नेपाल–भारत सीमा नाका जमुनाहमा रहेको होल्डिङ्ग सेन्टरमा खाद्यान्न सहयोग गरिएको छ।

ठकुरी सहयोग सञ्जाल बाँके र ठकुरी पत्रकार समाज नेपालको संयुक्त आयोजनामा होल्डिङ सेन्टरका संयोजक सहसेनानी चेतन पौडेललाई प्रदान गरिएको छ।

उक्त सहयोग सहसेनानी पौडेलको टिमले नेपाल–भारत सीमा भएर भारतबाट नेपाल आउने नेपाली नागरिकलाई वितरण गर्नेछ।

सहयोग स्वरुप मेडिकल मास्क, फलफूल, पानी, बिस्कुटलगायतको उपभोग्य सामाग्रीहरु प्रदान गरिएको ठकुरी सहयोग सञ्जाल बाँकेका अध्यक्ष दीपकबहादुर शाहीले बताए।

सहयोग सामाग्री प्रदान कार्यक्रममा ठकुरी सहयोग सञ्जाल प्रदेश ५ का संयोजक संयोगजंग शाह, कर्णाली प्रदेशका प्रमुख देव बहादुर शाही, ठकुरी पत्रकार समाज बाँकेका अध्यक्ष करुणा शाहलगायतले कोरोना संक्रमणका बेला मानवीय सहयोगको भावनाले उक्त सहयोग गरिएको बताए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...