News Portal

रंन्जनीमा कृषिज्ञान केन्द्र मौरी ब्लक संचालन समितिद्वारा सार्वजनिक सुनवाई कार्यक्रम

हिमाली संचार संवाददाता
५५८ पटक

२०७७ असार १४, आइतबार
रबिन्द्र बराल/मोरङ – “दैनिकी गराै मह सेवन, हुन्छ स्वास्थ्य दिर्घ जीवन” भन्ने मुल नाराका साथ माेरङकाे रंगेली नगरपालिका-३ स्थित रंन्जनीमा कृषिज्ञान केन्द्र सुनसरी माेरङ तथा माैैैरी ब्लक संचालन समितिद्वारा अनुदान सामग्री वितरण तथ सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना कृषि ज्ञान केन्द्र सुनसरी माेरङ तथा माैरी ब्लक संचालक समिति रंगेलीले कार्यक्रमकाे आयाेजना गरि संस्थाले चालु खर्च दुई लाख ६५ हजार रुपयाँँ पुजिगत तर्फ ६४ लाख ७० हजार रुपैयाँ कुल खर्च ६७ लाख ३५ हजार रुपयाँँ रहेको छ भने समितिले बेहोर्ने ३२ लाख ३५ हजार रुपैयाँ तथा अनुदानबाट ३५ लाख रुपैयाँ समेत रहेको जानकारी गराएका छन।

कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिका उपमेयर केशव कुमारी खराल, वडाध्यक्ष धनश्याम पनेरू कृषि शाखा सुनसरी मोरङका राम देव सिंह महासंघ अध्यक्ष बोघराज खतीवडा, स्थानीय राज कुमार खडका लगायतको उपस्थिति समेत रहेको थियोे।

कार्यक्रममा सहभागी माैरी पालन किसानहरुले भने अाफुहरुले माेरङकाे लेटाङ, पथरी उर्लाबारी क्षेत्रमा रहेको जङ्गलमा माैरी चराउन लगेतापनि लकडाउनका कारण समयमै घर ल्याउन नपाएर समयमै महकाडन नपाएको र धेरै माैरीहरु समेत मरेेेकाे कृषक राेशन पाठकले बताए।

कार्यक्रममा अनुदानमा आएका दुई सय ५० थान माैरीघारसमेत हस्तान्तरण गरेका छन। अहिले माेरङकाेे रंगेली नगरपालिका, उर्लाबारी नगरपालिका र बेलवारी नगरपालिकामा माैरीपालनकाे ब्यवसाय गर्दै आएकाे समेत जानकारी दिएका छन।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...