News Portal

रंन्जनीमा कृषिज्ञान केन्द्र मौरी ब्लक संचालन समितिद्वारा सार्वजनिक सुनवाई कार्यक्रम

हिमाली संचार संवाददाता
५२१ पटक

२०७७ असार १४, आइतबार
रबिन्द्र बराल/मोरङ – “दैनिकी गराै मह सेवन, हुन्छ स्वास्थ्य दिर्घ जीवन” भन्ने मुल नाराका साथ माेरङकाे रंगेली नगरपालिका-३ स्थित रंन्जनीमा कृषिज्ञान केन्द्र सुनसरी माेरङ तथा माैैैरी ब्लक संचालन समितिद्वारा अनुदान सामग्री वितरण तथ सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना कृषि ज्ञान केन्द्र सुनसरी माेरङ तथा माैरी ब्लक संचालक समिति रंगेलीले कार्यक्रमकाे आयाेजना गरि संस्थाले चालु खर्च दुई लाख ६५ हजार रुपयाँँ पुजिगत तर्फ ६४ लाख ७० हजार रुपैयाँ कुल खर्च ६७ लाख ३५ हजार रुपयाँँ रहेको छ भने समितिले बेहोर्ने ३२ लाख ३५ हजार रुपैयाँ तथा अनुदानबाट ३५ लाख रुपैयाँ समेत रहेको जानकारी गराएका छन।

कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिका उपमेयर केशव कुमारी खराल, वडाध्यक्ष धनश्याम पनेरू कृषि शाखा सुनसरी मोरङका राम देव सिंह महासंघ अध्यक्ष बोघराज खतीवडा, स्थानीय राज कुमार खडका लगायतको उपस्थिति समेत रहेको थियोे।

कार्यक्रममा सहभागी माैरी पालन किसानहरुले भने अाफुहरुले माेरङकाे लेटाङ, पथरी उर्लाबारी क्षेत्रमा रहेको जङ्गलमा माैरी चराउन लगेतापनि लकडाउनका कारण समयमै घर ल्याउन नपाएर समयमै महकाडन नपाएको र धेरै माैरीहरु समेत मरेेेकाे कृषक राेशन पाठकले बताए।

कार्यक्रममा अनुदानमा आएका दुई सय ५० थान माैरीघारसमेत हस्तान्तरण गरेका छन। अहिले माेरङकाेे रंगेली नगरपालिका, उर्लाबारी नगरपालिका र बेलवारी नगरपालिकामा माैरीपालनकाे ब्यवसाय गर्दै आएकाे समेत जानकारी दिएका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...