News Portal

  • अमेरिकामा एकैदिन चालिस हजार संक्रमित

    हिमाली संचार संवाददाता
    ४६० पटक
    असार १२, २०७७

    वासिङ्टन – अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकै दिन ४० हजार संक्रमित भएका छन्। रोग नियन्त्रण केन्द्र (सीडीसी) ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि गरिएको भन्दा १० गुणा बढी रहेको अनुमान गरेको हो।

    कोरोना भाइरसबारे विश्वव्यापी तथ्यांक संकलन गरिरहेको जोन हप्किन्स विश्वविद्यायका अनुसार यसअघि अप्रिल २४ का दिन ३६ हजार ४ सय जना संक्रमित भएका थिए।

    संक्रमण तीव्र भएपछि केही राज्यले व्यापार व्यवसाय सुचारु गर्ने योजनापछि सारेका जनाइएको छ। सबै व्यवसाय सुचारु गर्ने जनाएको टेक्सास राज्यले आफ्नो योजना स्थगित गरेको जनाएको छ।

    गभर्नर ग्रेग अबोटले अस्थायी रूपमा राज्य खुला गर्ने निर्णय स्थगित गरिएको जनाएका छन्। टेक्सास राज्यमा बिहीबार एकै दिन ५ हजार ९ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो।

    टेक्सासमा हालसम्म ४७ जनाले भाइरसका कारण ज्यान गुमाइसकेका छन्। कोभिड–१९ का कारण अमेरिका विश्वमै सबैभन्दा प्रभावित भएको छ।

    शुक्रबार साँझसम्म अमेरिकामा २४ लाख जना भाइरसबाट संक्रमित भइसकेका छन्। भाइरसका कारण १ लाख २२ हजार ३ सय ७० जनाको मृत्यु भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...

    संसद भवनमा ३२ जनाको मृत्यु भएको दाबी भ्रमित सूचना : प्रहरी

    काठमाडौं, भदौ २५ – हाल भइरहेको जेनजि आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको “संसद भवनभित्र ३२...

    प्रहरीबाट खोसिएका हतियार सेनाको जिम्मा

    काठमाडौं, भदौ २५ – मंगलबारको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार, नगद र सञ्चार सामग्री नेपाली...

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...