News Portal

अमेरिकामा एकैदिन चालिस हजार संक्रमित

हिमाली संचार संवाददाता
५४४ पटक
असार १२, २०७७

वासिङ्टन – अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकै दिन ४० हजार संक्रमित भएका छन्। रोग नियन्त्रण केन्द्र (सीडीसी) ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि गरिएको भन्दा १० गुणा बढी रहेको अनुमान गरेको हो।

कोरोना भाइरसबारे विश्वव्यापी तथ्यांक संकलन गरिरहेको जोन हप्किन्स विश्वविद्यायका अनुसार यसअघि अप्रिल २४ का दिन ३६ हजार ४ सय जना संक्रमित भएका थिए।

संक्रमण तीव्र भएपछि केही राज्यले व्यापार व्यवसाय सुचारु गर्ने योजनापछि सारेका जनाइएको छ। सबै व्यवसाय सुचारु गर्ने जनाएको टेक्सास राज्यले आफ्नो योजना स्थगित गरेको जनाएको छ।

गभर्नर ग्रेग अबोटले अस्थायी रूपमा राज्य खुला गर्ने निर्णय स्थगित गरिएको जनाएका छन्। टेक्सास राज्यमा बिहीबार एकै दिन ५ हजार ९ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो।

टेक्सासमा हालसम्म ४७ जनाले भाइरसका कारण ज्यान गुमाइसकेका छन्। कोभिड–१९ का कारण अमेरिका विश्वमै सबैभन्दा प्रभावित भएको छ।

शुक्रबार साँझसम्म अमेरिकामा २४ लाख जना भाइरसबाट संक्रमित भइसकेका छन्। भाइरसका कारण १ लाख २२ हजार ३ सय ७० जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...