News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • इन्द्रावती जनजागरण युवा समाजमा आवद्ध युवाहरुको उदाहरणीय कार्य

    हिमाली संचार संवाददाता
    ७७६ पटक
    २०७७ असार १२, शुक्रबार

    रामेछाप – मन्थली नगरपालिका वडा नं. १० मा रहेको इन्द्रावती जनजागरण युवा समाजमा आवद्ध युवाहरुले वडास्तरमा उदाहरणीय काम गरेका छन्। मनले चाहनु पर्छ, जस्तोसुकै काम पनि आसानीपूर्वक गर्न सकिन्छ भन्ने उदाहरण यो क्लबका युवाहरुले गरेका छन्।

    स्वदेश तथा विदेशमा बस्ने वडास्तरका युवाहरुले थोपाथोपा रकमको जोहो गर्दै गाउँका अति विपन्न, असाहय तथा गरिबहरुका लागि दाल, चामल, नुन, तेल साबुन लगायतका दैनिक उपभोग्य सामग्रीहरु वितरण गरेका छन्।

    ईन्द्रवति युवा क्लबको नेतृत्वमा वितरण गरिएको उक्त राहत सामग्री वितरण गर्दा राहत पाउने १४ परिवार खुशीले निकै प्रफुल्लित भएका देख्न सकिन्थ्यो।

    इन्द्रावती जनजागरण युवा समाजले वितरण गरेको सो राहत सामग्रीलाई सर्वप्रथम वडाध्यक्ष भरतबहादुर बोहोरालाई हस्तान्तरण गरिएको थियो भने बोहोराकै नेतृत्वमा सो सामग्री बाँढिएको हो।

    स्थानिय युवा क्लबका संयोजक कमल खत्रीले राहत सामग्री खरिद गर्नको लागि आवश्यक रकम तथा इन्द्रावती जनजागरण युवा समाजलाई विभिन्न दाताहरुले दिएको रकमको हिसाब किताब प्रस्तुत गरेका थिए।

    खत्रीका अनुसार इन्द्रावती जनजागरण युवा समाजलाई स्थानीय राजनकुमार बस्नेतले सार्वाधिक बढी रकम २६ हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए।

    त्यस्तै जीतबहादुर खत्री २५ हजार रुपैयाँ, भरतबहादुर बोहोरा २३ हजार रुपैयाँ, सन्तोष बुढाथोकी २० हजार रुपैयाँ, नवराज चौहान १५ हजार १ सय ५० रुपैयाँ, कमल खत्री ११ हजार १ सय ११ रुपैयाँ, प्रदीप खत्री ११ हजार १ सय रुपैयाँ, रोशन चौहान १० हजार ५ सय रुपैयाँ, हेमबहादुर खत्रीले १० हजार रुपैयाँ सहयोग गरेका थिए।

    त्यस्तै सहयोगी दाताहरु मध्येमा रेवन्तबहादुर बुढाथोकी १० हजार रुपैयाँ, निरबहादुर खत्री ५ हजार ५ सय ५५ रुपैयाँ, विकास तामाङ ५ हजार ५५ रुपैयाँ, अर्जुन बुढाथोकीले ५ हजार ५५ रुपैयाँ, नारायणबहादुर कार्की ५ हजार ५ रुपैयाँ, सुमी पाण्डे बुढाथोकी ५ हजार ५ रुपैयाँ, शिवराम बुढाथोकी ५ हजार ५ रुपैयाँ र गणेश बुढाथोकीले २ हजार ५ रुपैयाँको सहयोग गरी कूल १ लाख ९५ हजार ४६ रुपैयाँ संकलन भएको छ भने इन्द्रावती जनजागरण युवा समाजले वितरण गरेको राहत सामग्री खरिदमा कूल ३३ हजार २ सय ३८ रुपैयाँ खर्च भएको छ।

    इन्द्रावती जनजागरण युवा समाजले गरेको राहत वितरण कार्यलाई मन्थली नगरपालिका वडा नं. १० ले वडाको बजेटबाट सहयोग नगरेको र यसमा वडाको तर्फबाट समन्वयको भूमिका मात्र भएको वडाध्यक्ष भरतबहादुर बोहोराले प्रष्ट पारेका छन्।

    बोहोराले मन्थली नगरपालिकाले गाउँमा भएका नागरिकहरुलाई कोरोना भाइरसको कारणले खानै नपाउने अवस्था हालसम्म भइनसकेको तर बाहिरबाट यस जिल्लामा कामको सिलसिलामा बसोबास गर्ने नगारिकहरुलाई भने समस्या परेकोले उनीहरुलाई मात्रै राहत उपलब्ध गराउने नीति बनाएकोले आफूले वडाको रकमले कुनै राहत वितरण गर्न नसक्ने जनाएका हुन्।

    विशेषगरी मन्थली १० नम्बर वडाका अभिभावक विहिन बालबालिका लक्षित भएको सो राहत वितरण कार्य निकै प्रभावकारी देखिएको थियो।

    बाबु र आमा दुवै नभएका तथा बाबु वा आमा एकजना मात्रै नभएका बालबालिकाहरुलाई युवा समाजले राहत वितरण गर्दा सो राहत लिने मध्यकी मायालु आले मगरले आफ्नो वास्तविकता र आफ्नो ? बहिनीको छोरीलाई आमा जस्तै बनेर पाल्नु परेकोमा बहिनीको वियोगलाई सम्झिएर विक्षिप्त भएको बताएकी थिइन्। राहत वितरण कार्य असार ११ गते चनखुमा भएको थियो।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ २७, २०८२ (जुन १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

    काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन...

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक...

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...

    कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

    मोरङ, जेठ २६ – रंगेली–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा आयोजित सात दिने...