News Portal

कथा – ” मनको बिनाश “

हिमाली संचार संवाददाता
९९६ पटक

– रवीन्द्र अनुराग

एक जंगलमा एक जोडी ढुकुर बस्दा रहेछन् । उनिहरुमा बर्षौदेखिको अगाध प्रेम थियो । जेठ महिनाको टन्टलापुर घाममा जताततै खोला, मुलहरु सुकिसकेका थिए l ती तिर्खाएका जोडी ढुकुर एकदिन पानी पिउन भनेर नदीको किनारमा गएछन् । गर्मीको कारण नदी घटेर जहाँजहाँ गहिरो खाल्डो थियो, त्यहीँ मात्र पानी जमेको थियो । पानी पिउनको लागि असहज थियो l तर जोडी ढुकुर धेरै तिर्खाएकोले त्यही धरापमा भए पनि पानी पिउने अठोट लिए । तर पोथी धेरै डराएकिले भालेले भन्यो “तिमी यहीँ बस, म चुच्चोमा च्यापेर पानी ल्याउछु है ।” पोथीले सहमति जनाए पछि भाले ढुकुर पानी पिउन अलि सानो खाल्डोमा ओर्ल्यो । त्यहीं छेउमै हिलोमा लत्पतिएर बसेको भोकाएको गोही उसले देखेन । दाउ छोपेर बसेको गोहीले फुर्तिसाथ भाले ढुकुर माथि आक्रमण गर्यो र एकै गाँस पारिहाल्यो । पोथी ढुकुरले असहाय भई हेर्न बाहेक अरु केहि गर्न सकिन । धरधरी आँखाबाट आँसु झार्दै फुर्र उडेर पहिलाको बासस्थानमा पुगि । भालेको विरहमा मर्नु बाहेक अरु केहि विकल्प देखिन र “म पनि अब त्यहीँ खाल्डोनीर जान्छु र मलाई पनि खान्छ गोहीले” भनेर रातभर भाले सम्झेर रोइ रही । त्यो रात रातभरि पानी परेर पहाड तिरबाट भेल आएर नदिको बहाव पनि बढेछ । हिजोको खाल्डा-खुल्डी सबै भरिएर किनारा समेत छोपीई सकेको रहेछ । पोथी त्यत्तिकै फर्की । अर्को दिनपनि त्यस्तै भयो…एवम् रितले धेरै दिन मर्ने प्रयास गर्दा पनि पोथी ढुकुर मर्न सकिन । काल न आएसम्म कसको के लाग्छ र ? धेरै दिन यसरि बितेपछि उनको मर्ने सोच नै फेरिएछ । केहि दिनपछि पीडा पनि बिस्तारै कम हुदै गएछ र अब मर्दिन भन्ने सोच मनमा आएछ । शोकमा धेरै दिन केही नखाई बसेकी ढुकुर्नी एकदिन आहाराको खोजीमा भौंतारिदै जाँदा उसको एउटा अर्को भाले ढुकर सँग भेट हुनपुगेछ-
बिस्तारै बिस्तारै त्यो भाले ढुकुरले प्रेम जालमा फसाएछ र एकदिन भाले ढुकुरले बिबाह बन्धनमा बाधिऔं भन्ने प्रस्ताव राखेछ । अनि दुबैको सहमतिमा बिबाह पनि भएछ ।  केही दिन त खुशीमै बित्यो दुबैको । तर बिस्तारै बिस्तारै समय बित्दै जाँदा त्यो भाले ढुकुरले उ प्रतिको माया घटाएछ र तँ यस्ति र उस्ती भनेर अनेकौं बात लगाउदै ढुकुर्नी सँगको प्रेम सम्बन्ध छुटाएछ । अनि पोथी फेरि बिचल्लीमा परि र मनमनै “यो संसार भनेको केवल स्वार्थी मात्र रहेछ । आफ्नो जस्तै अरुको सोच नहुदो रहेछ । कसैलाई पनि मनदेखि विश्वास गर्नु भनेको जीवनमा आफैले आफूलाई खाल्डो खन्नुरहेछ” भन्ने सोच्न थालिन । अब के गर्ने कता जाने ? कयौं दिन मनभित्र कुरा खेलाउदै खेलाउदै आफ्नो स्वास्थ्यको पनि ख्याल नगरी धेरै दिन शोकमा बसिन । जबसम्म शरिरमा ताकत थियो तबसम्म त जेनतेन चल्यो । तर केही पहिलाको शोक र केही पछिको पीडाले १४-१५–  दिनसम्म भोकभोकै बस्दा एकदिन सधैंभरिका लागि यो संसारबाटै बिदा भइन !

        महाकाली नगरपालिका – ३ कञ्चनपुर
      हाल – पश्चिम रुकुम सल्ले एयरपोर्ट ब्यारेक

प्रतिकृया दिनुहोस्

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...

देउवा–कोइराला भेट: नम्बरविहीन फारमले महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

काठमाडौं, पुष १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको...