News Portal

तिते करैलाको प्रयोग बाट मधुमेह र पेटको क्यान्सर निको हुने

६५४ पटक

काठमाडौ, साउन ९ । हाम्रो गाउँठाउँ पाखा भित्तो सबैतिर उत्पादन गर्न सकिने तिते करैलाको प्रयोग बाट पेटको क्यान्सर र मधुमेह निको हुन्छ भन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ , तर यो सत्य साबित भएको छ ।

धेरैलाई थाहा नहुन सक्छ हामीले तरकारीको रुपमा प्रयोग गर्दै आइरहेको तिते करैलाको प्रयोग औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसैलाई मध्यनजर गर्दै बैज्ञानिकहरु करैला सेवनबाट पेटको क्यान्सर र मधुमेह कसरी निको पार्न सकिन्छ भन्ने अनुसन्धानमा जुटेका छन् ।

अनुसन्धानकर्ता त्यतिबेला अचम्ममा परे जव तीते करैलाको जुसले क्यान्सर सेलको बृद्धीमा अवरोध पुरया्यो र त्यसलाई मारिदियो । र ट्युमर जसमा पानी भरिएको हुन्थ्यो त्यसको आकार ६० प्रतिशतले घट्यो । तर शरीरमा कुनै प्रकारको खरावी वा साइड इफेक्ट भने देखिएन ।

तीते करैला र मधुमेह

मधुमेहको उपचारमा तीते करैलाको सेवनका बारेमा धेरै अनुसन्धानहरु गरिएको छ । तर ती सबै अध्यनहरुको निचोड भने एउटै छैन ।

तीते करैला र पेट संबद्ध क्यान्सर

पेट संबद्ध क्यान्सर भनेको यस्तो बेथा हो जुन अत्यन्तै तीर्व गतिमा फैलिने गर्छ र साधारण उपचार जस्तै केमोथेरापी र रेडियोथेरापीलाई समेत टेरदैन । अमेरिकाको कोलोराडो विश्वविधालयमा तीते करैलाको प्रयोग पेटका क्यान्सर रोगीमा गरिएको थियो । पेट संबद्ध क्यान्सरका चार विभिन्न लाइनमा गरिएको अध्यन जुनमा प्यानक्रियाटिक क्यान्सर सेलका बारेमा अध्ययन गरिएको थियो ।

अनुसन्धानकर्ता त्यतिबेला अचम्ममा परे जव तीते करैलाको जुसले क्यान्सर सेलको बृद्धीमा अवरोध पुरया्यो र त्यसलाई मारिदियो । र ट्युमर जसमा पानी भरिएको हुन्थ्यो त्यसको आकार ६० प्रतिशतले घट्यो । तर शरीरमा कुनै प्रकारको खरावी वा साइड इफेक्ट भने देखिएन ।

जरनल अफ इथनोफारमाकोलोजीमा २०११ मा प्रकाशित एउटा अध्यनलाई हेर्ने हो भने , तीते करैलाको सेवनले मधुमेह २ का बिरामीको रगतमा भएको ग्लुकोजलाई अत्यधिक मात्रामा घटायोे । तर जरनल अफ क्लिनिकल इपिडीमीयोलोजी मा प्रकाशित २००७ को अध्यनलाई हेर्ने हो भने त्यसले मधुमेह २ मा कुनै फाइदा पुर्याएको देखिदैन ।

संसारको सबैभन्दा पुरानो र ठूलो क्यान्सर उपचार केन्द्र – मेमोरियल सलोन केट्रीङ क्यान्सर सेन्टरका अनुसार तीते करैलाले रगतमा भएको ग्लुकोज लेभललाई घटाउन सक्छ, तर यसले इन्सुलिन वा अन्य उपचारलाई कसरी इन्टरयाक्ट गर्छ थाहा छैन । त्यसैगरि तीते करैलाको सही मात्रा पनि पत्तो लगाइएको छैन, त्यसकारण तीते करैलालाई इनसुलिन वा हाइपोग्लाईसेमिक ड्रग्स थेरापीको सट्टामा लिन सकिन्न ।

तीते करैलाको प्रयोग कसरि गर्ने

तीते करैला फलफुलका रुपमा, पेयका रुपमा वा यसको वियाँको प्रयोग खानमा मिलाएर पनि सेवन गर्न सकिन्छ । तीते करैलाको परिकार हर्बलका रुपमा पनि उपलब्ध छ ।

तीते करैलाको मात्रा धेरै भयो भने यसले पेटमा दर्द, पखाला जस्ता समस्या ल्याउन सक्छ । तसर्थ एक दिनमा दई औन्स वा दुई वटा भन्दा बढी प्रयोग नगर्नुहोस् । गर्भवती महिलाले तीते करैलाको प्रयोग नगर्नुहोस् किनकि यसले पेटको बच्चालाई हानी पुर्याउँछ र गर्भ समेत तुहिन सक्छ । यदि तपाई तीते करैलाको प्रयोग गर्न चाहनु हुन्छ भने सर्वप्रथम आफ्नो चिकित्सकको सल्लाह लिन नभुल्नु होला ।

प्रतिकृया दिनुहोस्

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...