News Portal

रुखको हाँगा लागेर एक महिलाको घटनास्थलमै मृत्यु

हिमाली संचार संवाददाता
४९२ पटक

जनकपुरधाम – सर्लाहीमा टिपरले भाँचेको रुखको हाँगाले लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ब्रहमपुरी गाउँपालिका-६ की ४५ वर्षीया कैलासीय देवी रहेकी छन्।

ब्रम्हपुरी गाउँपालिका-६ नोकैलवास्थित भित्री सडक खण्डमा ना ४ख५४४८ नम्बरको टिपरले ग्राभेल झारेर हाइड्रोलिक डाउन गर्ने क्रममा पिपलको हाँगा भाँचिएर खस्दा छहारीमा बसिरहेको कैलासीय देवीको शरीरमा खसेको थियो।

सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार रुखको छहारी मुनी बसिरहेकी कैलासीय देवीमाथि रुखको हाँगा खस्दा उनको घटना स्थलमै मृत्यु भएको हो।

उनीसँगै छहारीमा बसेकी सोही ठाउँकी ४० वर्षीया प्रमिला देवी गम्भीर घाइते भएकी छन्। जिल्ला अस्ताल मलंगवामा सामान्य उपचार पश्चात थप उपचारको लागि उनलाई वीरगञ्ज पठाइएको कुँवरले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...