News Portal

मकवानपुरमा घूससहित इन्स्पेक्टर पक्राउ

हिमाली संचार संवाददाता
३४४ पटक
२०७७ असार ६, शनिबार

मकवानपुर – इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामबालक राय घूससहित शनिबार पक्राउ परेका छन्।

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाको टोलीले उनलाई घूस रकमसहित नियन्त्रणमा लिएको हो।

वाग्मती प्रदेश प्रहरी कार्यालयमा उनीविरुद्ध घूस लिने गरेको उजुरी दैनिकजसो परेपछि आफूहरुले छड्के गरेको प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तकुमार लामाले बताए।

उनका अनुसार इन्स्पेक्टर रायलाई नगद १२ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको जानकारी दिए। ‘उनीमाथि कारबाही प्रक्रिया अगाडि बढिसकेको छ।

कारबाहीका लागि वाग्मती प्रदेश कार्यालय तानिसकेका छौं। उनी आजैबाट निलम्बन भइसकेका छन्। अब कानुन प्रक्रियाअनुसार कारबाही अगाडि बढ्नेछन्’, डिआइजी लामाले बताए।

उनलाई भीमफेदी–६ मा रहेको सगरमाथा होटलबाट ठेकेदार दुर्गा लामासँग घूस लिँदै गर्दा प्रहरीले पक्राउ गरेको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...