News Portal

चार मुक्तक

हिमाली संचार संवाददाता
१९८५ पटक

– डा. राजेन्द्र कुमार आचार्य

मुक्तक – १

घुँघुरूकै धुन किन मन पर्छ यहाँ
मान्छेकै खुन किन मन पर्छ यहाँ
कति अनमोल छ मान्छेको जीवन नै
तोलाकै सुन किन मन पर्छ यहाँ ?

मुक्तक – २

छाक नटरे पनि पानकै पत्ता चाहियो
राजिनामा दिएपनि दिनकै भत्ता चाहियो
कहिँ नभएको जात्रा लौ हेर त हाँडी गाउँमा
विपक्षी मै रहे पनि अब सत्ता चाहियो।

मुक्तक –

आर्यघाटमा पनि घर खोज्छ मान्छे
आँट नभए पछी वर खोज्छ मान्छे
समानताका नारा जति गाए पनि के पो भो र
चुलोचौकामा जात र थर खोज्छ मान्छे ।

मुक्तक – ४

अरुलाई मनाउँदा आफैँ रूठेको पत्तै पाइनँ
चिरञ्जिवी भन्दाभन्दै अर्थि उठेको पत्तै पाइनँ
यौटा गुँड बनाउँछु भनि झिँझाहरू बटुल्दा बटुल्दै
अफसोच काखका बचरा उडेको पत्तै पाइनँ ।।

साविक मरेङ – ५
हाल : मालारानी – १ अर्घाखाँची

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...