News Portal

  • चार मुक्तक

    हिमाली संचार संवाददाता
    १९२२ पटक

    – डा. राजेन्द्र कुमार आचार्य

    मुक्तक – १

    घुँघुरूकै धुन किन मन पर्छ यहाँ
    मान्छेकै खुन किन मन पर्छ यहाँ
    कति अनमोल छ मान्छेको जीवन नै
    तोलाकै सुन किन मन पर्छ यहाँ ?

    मुक्तक – २

    छाक नटरे पनि पानकै पत्ता चाहियो
    राजिनामा दिएपनि दिनकै भत्ता चाहियो
    कहिँ नभएको जात्रा लौ हेर त हाँडी गाउँमा
    विपक्षी मै रहे पनि अब सत्ता चाहियो।

    मुक्तक –

    आर्यघाटमा पनि घर खोज्छ मान्छे
    आँट नभए पछी वर खोज्छ मान्छे
    समानताका नारा जति गाए पनि के पो भो र
    चुलोचौकामा जात र थर खोज्छ मान्छे ।

    मुक्तक – ४

    अरुलाई मनाउँदा आफैँ रूठेको पत्तै पाइनँ
    चिरञ्जिवी भन्दाभन्दै अर्थि उठेको पत्तै पाइनँ
    यौटा गुँड बनाउँछु भनि झिँझाहरू बटुल्दा बटुल्दै
    अफसोच काखका बचरा उडेको पत्तै पाइनँ ।।

    साविक मरेङ – ५
    हाल : मालारानी – १ अर्घाखाँची

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भीम रावलको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

    काठमाडौँ, कार्तिक २४ — पूर्वएमाले उपाध्यक्ष भीम रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ अब...

    इक्वेडरको मचाला जेलमा दङ्गा : ३१ कैदीको मृत्यु

    क्विटो, कार्तिक २४  — इक्वेडरको मचाला जेलमा आइतबार भएको हिंसात्मक भिडन्तमा कम्तीमा ३१ कैदीको मृत्यु...

    काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्।...

    उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता तयारी

    काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल”...

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...