News Portal

“पाठशाला´´

हिमाली संचार संवाददाता
१०६९ पटक

आज बिहान
मेरी पढ्न जाने छोरीले मलाई
पाठशालाको महत्व बुझाउन लगाईन्

मैलें पनि मेरो जिन्दगीको आधा आधा समय
पाठशालामा बिताएको अनुभवको आधारमा
बताईदिएँ पाठशालाको महत्व!

बा,
कबाट कलम पढाएर
खबाट खबरदारी गर्न लेख्न सिकाएर
ज्ञबाट ज्ञानी बन्न सिकाउने
पाठशालामा त
अचेल
कबाट कपटी तरिकाले
खबाट खतरा मोल्दै
बबाट बलत्कार सिकाउन थालिएछन्

नत्र
किन घट्छ त बा दिनानुदिन बलत्कारका घटनाहरू
हाम्रै मुलुकको उत्तर दक्षिण पुर्व पश्चिम जतातता ??

बा,
पाठशालामा त
सकरात्मक सोच्दै निडर बनाउन सिकाउनु पर्ने हैन?
किन सिकाईन्छ,
हामी असुरक्षित छौं भन्दै ?
जो कोहीले हामीलाई जुनसुकै बेला
एक्लो भेटिएको अवस्थामा अस्मिता लुट्न सक्छ भन्दै

म एक्लो भएको बेला
हजुर वा कोही आफन्तै पुरुष मान्छे आए पनि
बलत्कारी नै आए झै आभाष हुन्छ,
कैले सम्म सन्त्राषमै बाँच्ने बा हामीले आफ्नै भन्नेहरूबाट पनि !!

गएर भनिदिनुस् बा पाठशालामा
केटाहरु पनि हामी संगै खेलुन्
केटाहरु पनि हामी संगै लेखुन् पढुन्
जस्ले तोडोस नकारात्मक सोच बिपरित लिङ्गप्रती !

ए बा !
जबसम्म पाठशालामा यौन शिक्षा पढाई हुन्न नि
तब सम्म हजुरकी छोरी पढ्न आउदिनन् रे भन्दिनुस् है
हाम्रो पाठशालामा !!!!!

©रमेश रसिक
निजगढ

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...