News Portal

  • ठेकेदारको लापरबाहीका कारण सडक हिलाम्मे, स्थानीयलाई सास्ती (फोटो फिचर)

    हिमाली संचार संवाददाता
    ६३८ पटक
    २०७७ असार ६, शुक्रबार

    रबिन्द्र बराल/माेरङ – रंगेली नगरपालिका ८ स्थित दर्वेशा जाेडिने बिधुत प्राधिकरण अगाडिको सडक अहिले हिलाम्मे भएको छ।

    १५ दिन अगाडि सडक निर्माणका लागि सडककाे दायाँ भागमा माटाे थुपारेपछि उक्त सडकमा केही दिन देखिकाे अबिरल बर्षाका कारण स्थानीयलाई आवतजावतमा समस्या परेकाेे छ।

    रायमाझी-भिमेश्वर जेभी भक्तपुरले नेपाल बिधुत प्राधिकरण अगाडि सडकमा पानी परेपछि केही दिन देखि स्थानीयलाई अावतजावतमा निकै समस्या झेल्नुपरेको स्थानीय बताउँछन् ।

    ठेक्केदारकाे लापरबाहीका कारणले गर्दा स्थानीयले दुख पाएकाे र बाईपास बाटाे समेत नभएको कारण निकै समस्या परेको उमाशंकर चाैधरीले बताए।

    साे सडकमा रहेको हिलाेका कारण साईकल, माेटरसाईकल तथा पैदल यात्रीहरुलाई अावतजावत गर्दा निकै समस्या परेको उनलेे बताए।

    पुर्वधार विकास कार्यालय माेरङ भाैतिक पुर्वधार बिकास मन्त्रालय प्रदेश कार्यलयद्वारा कुल ४१ करोडौं १९ लाख १२ हजार ८ सय ९५ रुपैयाँमा उक्त सडककाे निर्माणका लागि ठेक्का समेत पाएकाे हाे।

    रायमाझी-भिमेश्वर जेभी भक्तपुरले असाेज २७ गते सम्झौता गरेको छ। साे सडक २०६८ असाेज ३० गते निर्माण सम्पन्न गर्ने गरि सम्झौता समेत गरेको छ। यसरी ठेक्केदारकाे लापरबाहीले गर्दा स्थानीयले जुनसुकै बेला पनि दुख गर्नुपर्ने बाध्य समेत रहेको छ।

    फोटो फिचर

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर १० गतेको राशिफल

    आज मंसिर १०, २०८२ (नोभेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रचण्ड: जेन-जी पुस्ता नेकपामा बढी आकर्षित हुँदै

    काठमाडौं, मंसिर ९ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रियामा युवाहरूको...

    थाइल्यान्डबाट ल्याइएको बुद्धकाे मूर्ति गंगा जमुना गाउँपालिकालाई हस्तान्तरण

    धादिङ– जिल्ला, गंगाजमुना गाउँपालिका–५ स्थित ठोट्नेपानी मन्दिर परिसरमा थाइल्यान्डबाट ल्याइएको भगवान बुद्धको मूर्ति विशेष धार्मिक...

    गृहमन्त्री अर्याल: निर्वाचनमा सुरक्षा व्यवस्था सुनिश्चित, निर्वाचित सरकारलाई सत्ता हस्तान्तरणमा तत्पर

    काठमाडौं, मंसिर ९ – गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले पाएको जिम्मेवारी समयमै पूरा गर्न पूर्ण रूपमा...

    रानीपोखरीबाट लुटिएको पेस्तोल इलाममा बिक्री, तीन जना पक्राउ

    विराटनगर, मंसिर ९ – भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट चोरी भएको दुई...