News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • बलात्कारी जोगाउने एसपी राष्ट्रपतिबाट विभूषित

    ५९८ पटक

    काठमाडौं – पछिल्लो समय बलात्कारका घटना बढ्दै गएपछि अभियुक्तलाई कडाभन्दा कडा सजायको माग व्यापक रुपमा उठिरहेको छ । तर, बलात्कारीलाई जोगाउन खोजेको आरोप लागेका एसपीलाई राष्ट्रपतिले विभूषण दिँदा जनभावनाको अपमान भएको छ ।

    बलात्कारीलाई जोगाउने एसपीलाई सम्मान गर्दा प्रहरी संगठनको भावना र आदर्श विपरीत काम गर्ने प्रहरी अधिकारीको मनोवल बढ्ने देखिन्छ । बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् ।

    उनले प्रबल जनसेवाश्री विभूषण पाएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए ।

    गृह मन्त्रालयले निलम्बन गरी उनलाई विभागीय कारबाही गरेको थियो । उनै माझीले राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको भन्दै राष्ट्रपतिको हातबाट विभूषण ग्रहण गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    अघिल्लो वर्ष नै उनलाई विभूषण दिने निर्णय भएकाले आफूहरूले हटाउन नसकेको गृहका एक अधिकारी बताउँछन् । तर, आइतबारको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव सोमलाल सुवेदी र गोपीकृष्ण शर्माको नाम हटाउँदा उनको नाम भने हटेन । निलम्बन फुकुवा भएपछि एसपी माझीलाई गृह मन्त्रालयले डोटी जिल्लाको प्रहरी प्रमुखका रूपमा खटाएको छ ।

    ३४३ मध्ये १६६ विभूषण सुरक्षाकर्मीलाई

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विभूषण प्रदान गर्दा शीतलनिवासमा सुरक्षा अधिकारीहरूको ठूलो भिड थियो । सुरक्षाका लागि उनीहरू त्यहाँ पुगेका थिएनन्, विभूषण ग्रहण गर्न गएका थिए । देशलाई योगदान दिएबापत राज्यले दिएको सम्मान अर्थात् विभूषणमध्ये आधाजसो सुरक्षा अधिकारीले हात पारेका छन् ।

    सरकारले गत वर्ष ३ सय ४५ जनालाई विभूषण दिने निर्णय गरेको थियो । त्यसमा २ जनाको नाम हटाएर सरकारले ३ सय ४३ लाई विभूषण दिएको छ । जसमध्ये १ सय ६६ जना सुरक्षा अधिकारी छन् । यो वर्ष मात्र होइन, हरेक वर्षजसो सरकारले प्रदान गर्ने विभूषणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूको भागमा आधाजसो सम्मान मिल्ने गरेको छ ।

    सुरक्षा अधिकारीमा किन हुन्छ विभूषणको मोह ?

    सुरक्षा अधिकारीहरूमा विभूषणको मोह धेरै हुनुमा मुख्य दुई कारण छन् । पहिलो– विभूषणले उनीहरूको बढुवामा अर्थ राख्छ । नेपाल प्रहरीको बढुवामा सरकारले दिने विभूषणबापत २ नम्बर राखिएको छ । अन्य सुरक्षा निकायमा विभूषणलाई नम्बरको आधार बनाइने भएकाले उनीहरूले बढी नै लबिङ गर्छन् ।

    दोस्रो– राज्यको उच्च तहमा अरूको भन्दा धेरै पहुँच हुने भएकाले उनीहरूले धेरै पाउने गरेका हुन् । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी देशमा धेरै दुःख गर्नेहरू सुरक्षाकर्मी नै भएकाले उनीहरूले धेरै विभूषण पाएको बताउँछन् । सुवेदी भन्छन्, ‘बाढी पहिरो आउँदा, जनतालाई दुःख पर्दा सबैभन्दा पहिला सहयोग गर्न पुग्ने भनेका सेना प्रहरी नै हुन्, उनले नपाएर कसले पाउँछन् ?’

    नेपाल प्रहरीमा त विभूषण विकृति नै बनिसकेको छ । कामको आधारमा भन्दा चिनजानको आधारमा विभूषण दिने प्रवृत्ति बढेकाले प्रहरीमा पहुँच नभएकाहरू यही कारण करिअरमै पछि पर्ने अवस्था छ । बढुवामा १० नम्बरमध्ये २ नम्बर विभूषणबापत राखिएको छ । बढुवाकै लागि विभूषणका लागि हरेक वर्ष प्रहरीमा ठूलो लबिङ हुने गरेको छ । गृहका एक अधिकारी भन्छन्, ‘प्रहरीको बढुवामा विभूषणको नम्बर नराख्ने हो भने विभूषण पाउने सूचीमा प्रहरीको संख्या ह्वात्तै घट्छ ।’

    १५ सयले दिए निवेदन

    आगामी असोज ३ गते संविधान दिवसको दिन सरकारले विभूषण पाउनेहरूको नामावली सार्वजनिक गर्दै छ । जसका लागि गृह मन्त्रालयले गत महिना नै आवेदन मागिसकेको छ । करिब एक हजार ५ सयजनाले आवेदन दिएका छन् । त्यसमा धेरैजसो सुरक्षाकर्मी तथा सरकारी कर्मचारीहरू नै छन् ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको विभूषण छनोट समितिको पहिलो बैठक बसिसकेको छ । यसपटक नयाँ कार्यविधि बनाएर विभूषण छनोटलाई वस्तुनिष्ठ बनाउने प्रयास गरिएको गृह मन्त्रालयका प्रवक्ता सुवेदी बताउँछन् । एक पटक लिएको ३ वर्षसम्म लिन नपाउने, राज्यलाई महत्वपूर्ण योगदान दिएको खुलाउनुपर्ने प्रावधानहरू थपिएका छन् ।(मिडियाडबली)

    प्रतिकृया दिनुहोस्

    अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

    काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य...

    कार्यालयमा बाढी पसेपछि एपीवन टेलिभिजनको प्रसारण बन्द

    काठमाडौं। कार्यालयमा बाढी पसेपछि एपीवन एचडी टेलिभिजनको प्रसारण रोकिएको छ। टेलिभिजनका प्रधान सम्पादक दीपेन्द्र बान्तावाले...

    हिजबुल्लाहको ‘हेटक्वाटर’मै इजरायली सेनाको हमला

    एजेन्सी। इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालय (हेटक्वाटर)मा आक्रमण गरेको दाबी गरेको छ।...

    असोज १२ गते शनिबारको तपाईको दैनिक राशिफल

    आज मिति वि.सं.२०८१ असोज १२ गते शनिबार || ई.सं.२०२४ सेप्टेम्बर २८ || नेपाल सम्बत ११४४...

    सरकारले लेबनानमा रहेका नेपालीलाई भन्यो- समस्या परेमा दूतावासमा सम्पर्क गर्नू

    काठमाडौँ। सरकारले लेबनानमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले सूचना...