News Portal

बाकेमा ठकुरी सहयोग संजाल जिल्ला कार्यसमिती गठन

हिमाली संचार संवाददाता
८१८ पटक

नेपालगन्ज – विश्व ठकुरी समुदायको साझा संगठन ठकुरी सहयोग संजाल बाके जिल्लाको जिल्ला कार्यसमिती गठन गरिएको छ । हिजो शनीबार नेपालगंजमा भएको भेलाले कार्यसमिती चयन गरेको हो ।

१६ सदस्यि कार्य समितीमा युवा ब्यबसायी दिपक बहादुर शाहीलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । बरिष्ठ उपाध्यक्षमा बिष्णु सिंह ठकुरी, उपाध्यक्षमा देब बहादुर शाही लाई चयन गरिएको छ ।

महासचिव र सचिवको जिम्मेवारी क्रमस कष्ण बहादुर मल्ल र युवराज शाहलाई चयन गरिएको छ ।

त्यसैगरी कोषाध्यक्ष तर्फ अरुण विक्रम शाह रहनु भएको छ भने सदस्यहरुमा युवराज जंग शाह, कल्पना शाही, खेमराज बम, राजश्री शाह, भरत विक्रम सिंह ठकुरी, सुरज राज मल्ल, सौभाग्य जंग शाह, प्रकाश शाही, यसोदा सिंह ठकुरी र संयोग जंग शाह रहेका छन् भने तत्काल बसेको कार्य समितीको पहिलो बैठकले जयाश्री शाह र एकिकरण शाहलाई सदस्यमा मनोनयन गरेको छ ।

ठकुरी सहयोग संजाल बाकेले ११ सदस्यि सल्लाहकार समिती पनि चयन गरेको छ ।

सल्लाहकार समिती तर्फ भेरि अञ्चल अस्पतालमा कार्यरत स्त्री रोग विशेसज्ञ चिकित्सक कुमार शान शाह, बरिष्ठ संचारकर्मी जयनारायण शाह, भुतपुर्व बरिष्ठ प्रहरी उपरिक्षक मान बहादुर शाही, नेपाल उधोग वणीज्य संघ सदस्य तपेन्द्र विक्रम शाह, सेन्चुरी बैंक प्रवन्धक आकाश सिंह, ब्यबसायी ओमकार शाही र महिला विकास कर्मचारी तारा देवी सिंह रहेका छन भने कानुनी सल्लाहकार तर्फ बरिष्ठ अधिवक्ता टिका जंग सिंह, लोक बहादुर शाह, बल बहादुर चन्द र भोला सिंह हामाल रहेका छन् ।

कार्य समिती गठन भेलालाई संजालका केन्द्रिय अध्यक्ष रेशम जंग शाह, विदेश विभाग संयोजक रामु शाही र प्रदेश नं. ५ प्रमुख संयोग जंग शाहले संवोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...