News Portal

राप्रपा कर्णाली प्रदेश समितिको सदस्यमा सल्यानका बालाराम शर्मा मनोनित

हिमाली संचार संवाददाता
१८७८ पटक

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको कर्णाली प्रदेश समितिले पूर्णता पाएको छ ।

प्रदेश समितिका अध्यक्ष धनबहादुर बुढाको सिफारिसअनुसार केन्द्रीय अध्यक्ष कमल थापाले मंगलबार पदाधिकारी तथा सदस्यहरु मनोनित गरेसँगै समितिले पूर्णता पाएको हो ।

राप्रपाको कर्णाली प्रदेशको उपाध्यक्षमा सूर्यबहादुर खत्री (सुर्खेत) र सचिवमा जनकसिंह ठकुरी (सुर्खेत) मनोनित भएका छन् ।

यस्तै, सदस्यहरुमा भीमबहादुर खड्का (सुर्खेत), पद्मबहादुर मल्ल (मुगु), भवानीप्रसाद न्यौपाने (जुम्ला), छापे ऐडी (हुम्ला), नरेन्द्रजंग शाह (रुकुम पश्चिम), देवीप्रसाद शर्मा (जाजरकोट), दलबहादुर सुनार (जुम्ला), अगंत देवकोटा (जुम्ला), रत्नलाल भण्डारी (सल्यान), बालाराम शर्मा (सल्यान) र शिला बुढाथोकी (सल्यान) मनोनित भएका छन् ।

यस्तै अन्य सदस्यहरुमा तेजबहादुर शाही (कालीकोट), कृष्णप्रसाद पाण्डे (कालीकोट), खड्गबहादुर चन्द (दैलेख), महालक्ष्मी शाही (दैलेख), अन्जु बस्याल (सुर्खेत), सन्तोषी शाही (सुर्खेत), अमृत राना मगर (सुर्खेत), भुवन सिंह रामजाली (सुर्खेत) मनोनित भएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

यसैबीच मंगलबार नै अध्यक्ष कमल थपाले आदिवासी तथा जनजाति बिभागका प्रमुख लालध्वज लामाको सिफारिसमा बिभागको सदस्यसचिवमा सन्तलाल मेचे (झापा) लाई मनोनित गरेका छन् ।

सदस्यहरुमा द्रोणबहादुर गुरुङ्ग (स्याङ्गजा), रीता माझी (रामेछाप), सरस्वती लामा हृयाल्मो (धादिङ्ग), शालिग्राम माझी (सिन्धुली), टुलबहादुर खाडा मगर (सुर्खेत), नयनबहादुर मोक्तान (सिरहा), अशोक सुब्बा (झापा), धुव्रबहादुर गुरुङ्ग (कास्की), छुमरु सरदार थारु (मोरङ्ग), मित्रबहादुर घर्ती (कैलाली), नुरज बज्राचार्य (काठमाण्डौं), अम्बर तामाङ्ग (नुवाकोट) मनोनित भएको श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...